close

ताप्लेजुङको गिरी गाउँमा आगलागी : चार घर खरानी, ५७ लाख स्वाहा

ताप्लेजुङको गिरी गाउँमा आगलागी : चार घर खरानी, ५७ लाख स्वाहा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर १ सिनामस्थित गिरी गाउँमा भएको आगलागीमा ४ घर जल्दा करिव ५७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

 

स्थानीय शान्तिराम गिरी, टेकनाथ गिरी, दीपेन्द्र गिरी र दीपक गिरीका ४ घर जल्दा ५६ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको सिरिजंघा गाउँपालिका वडा नम्बर १ सिनामका वडाध्यक्ष उर्मिला थेबेले जानकारी दिइन् ।

 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार आगलागीले शान्तिरामको १४ लाख ८५ हजार, दीपकको ६ लाख २७ हजार, दीपेन्द्रको १७ लाख र टेकनाथको १६ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

 

आगलागीबाट पीडित परिवारले केही सामान बचाउन नपाएका कारण वडा कार्यालयले आपतकालीन राहत उपलब्ध गराएको वडाध्यक्ष थेबेले बताइन् । स्थानीय, सशस्त्र प्रहरीको सिनाम बेस क्याम्प, सिनाम प्रहरी चौकीसहितको सहयोगमा आगो नियन्त्रणमा लिएको उनको भनाइ छ ।