close

‘चक्रव्यूह’

Trulli
ADVERTISEMENT

 

वर्तमान समाजमा कम असल र बढी खराबहरुको संख्या भएकैले खराबहरुको चक्रव्यूहमा परेर असल मानिसहरु सिद्धिएका थुप्रै दृष्टान्त छन् । सायद यस्तै यस्तै अनुभुतिले होला, कवि टिपी शर्मा तिमल्सिनाले ‘चक्रव्यूह’ रचना गर्नुभयो । त्यही रचना आजको पालिका खबरको कला/साहित्यमा समावेश गरेका छौं । 

 

जब स्वार्थहरु एकत्रित बन्छन्
जुटछन्
मिल्दछन्
र, सल्बलाउन थाल्दछन्
अनि, बन्छ एउटा चक्रव्यूह ।

 

सत्य धेरै कठिन हुन्छ
सत्यता खोज्न हिंडेकाहरु
एक्लिन्छन्
छोडिन्छन्
र, अगाडि हेर्छन्
त्यसैले, घेराबन्दीमा पर्छन् ।

 

धोखेबाजका खेती गर्नेहरु
बेइमानीको फसल काट्छन
महत्वाकांक्षामा बाँच्नेहरु
आफ्नै अहंकारमा रमाउने गर्छन्,
करोडौं सपनालाई कुठाराघात गर्नेहरु
सिद्धान्तको अपब्याख्या गर्छन्,
आफ्नै निष्ठालाई तिलाञ्जली दिएर
आस्थाको हत्या गर्छन्


जुटछन्
मिल्दछन्
र, सल्बलाउन थाल्दछन्
अनि, बन्छ एउटा चक्रव्यूह ।।

 

( कवि टि.पी.शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाको मेयर हुनुहुन्छ )