close

हरिनगर गाउँपालिका अध्यक्षको नेतृत्वमा निर्माणाधीन पुल अनुगमन

हरिनगर गाउँपालिका अध्यक्षको नेतृत्वमा निर्माणाधीन पुल अनुगमन

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गाउँपालिकाभित्र निर्माणाधीन ९ वटा पुलको अनुगमन गरेका छन् । हरिनगर गाउँपालिका वडा नम्बर ५, ६ र ७ अन्तर्गत ९ वटा पुल निर्माणधीन रहेको अवस्थामा अध्यक्ष अन्सारीसहितको टोलीले अनुगमन गरेको हो ।

 

वडा नम्बर ५, ६ र ७ मा वर्षायामको समय पानीको निकास नहुँदा समस्या हुँदै आएकाले ९ वटा पुल निर्माण सुरु गरिएको अध्यक्ष अन्सारीले बताए ।

 

‘हरिनगरको ठूलो समस्या सुनसरी खोलाको पानीले यस क्षेत्रका सर्वसाधारण डुबानमा पर्ने गरेका छन्,’ उनले भने, ‘सुनसरी खोलाको पानी र वर्षायामको पानीले आउजाउ गर्न समस्या भएकाले यस क्षेत्रमा पुल निर्माणपछि समस्या समाधान हुनेछ ।’

 

आउजाउका यस क्षेत्रमा कालोपत्रे सडक बनिसकेको र केही ठाउँमा बाँकी रहेकाले छिट्टै कालोपत्रे गरेपछि यस क्षेत्रका जनतालाई सहज हुने उनले बताए । ७ नम्बर वडामा ३ वटा र ५ नम्बर वडामा १ वटा पुल निर्माण सम्पन्न भएको भने ५ वटा पुल निर्माणधीन अवस्थामा छन् । 

 

भुटाहाबाट भारतीय बजार बसमतिया, घुस्कीबाट भारतीय बजार घुर्ना र हरिनगर हुँदै वसन्तपुरदेखि बसमतिया र घुर्ना बजार आउजाउ गर्न अब समस्या हुने छैन ।

 

गाउँपालिका अन्सारी, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का र वडा नम्बर ६ का वडाध्यक्ष इसराइल अन्सारीलगायतको टोलीले पुल अनुगमन गरेको थियो ।