close

क्रिकेट संघलाई महानगरको ५० लाख सहयाेग

क्रिकेट संघलाई महानगरको ५० लाख सहयाेग

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं मेयर कप २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले सहमतिपत्रमा हस्ताक्षर गरे । 

 

कार्यक्रममा महानगर प्रमुख विद्याशुन्दर शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र खेलकुद भएकाले यस क्षेत्रको विकासमा लगानी बढाउँदै लगिएको बताए ।

 

महानगरले यसअधि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही ६ लाख र सी डिभिजनलाई ४ लाख रुपैयाँ सहयोग गरेको थियो । महानगरसँगै फुटबलका माध्ययमबाट देशको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग गरिएको शाक्यको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान राख्न सफल क्रिकेटसँग आबद्ध संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । ‘आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकता दिँदै खेलाडीको मनोबल थप उचो बनाउनेतर्फ केन्द्रित हुन्छौँ’, प्रमुख शाक्यले भने । 


कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको ख्याति बढेको बताए । उनले भने, ‘यो प्रसिद्धिका लागि महानगरले संघलाई सहयोग गरेको हाे।’

 

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताए । ‘हामी यो सहयोगबाट उत्साहित छौँ ।

 

सहयोगले खेलाडीको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चन्दले भने, ‘यस्ता सहयोगले नेपाली क्रिकेटले विदेशमा प्रतिस्पर्धा गर्न र सफल नतिजा प्राप्त गर्न थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’ यस वर्ष महानगरले गरेको लगानीलाई अर्को वर्ष थप गर्ने गरी नतिजा देखाउने उनको दाबी छ ।

 

सम्झौताबमोजिम महानगरले संघलाई २ चरणमा अनुदान रकम दिइनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । यो रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।