close

पालिकामा दिनभर: असहायलाई पाख्रिबासको ओत, हेडसरलाई दिवा खाजाको चोट (भिडियो खबर)

पालिकामा दिनभर: असहायलाई पाख्रिबासको ओत, हेडसरलाई दिवा खाजाको चोट (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा लगायो ताला, कामकाज प्रभावित, कार्यालय तोडफोड ।

 

२) आदिवासी जनजाति विद्यार्थीका लागि नवलपुरको मध्यबिन्दु नगरपालिकाद्वारा लोकसेवा कक्षा सञ्चालन, ४५ दिनसम्म कक्षा चल्ने ।

 

३) भवन बनाउने विषयमा विरोध भएपछि दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा ११ माघदेखि स्थानीयले लगाएको ताला अझै खुलेन, सेवाग्रही मारमा ।

 

४) कञ्चनपुरको भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सव आयोजना गर्ने, महोत्सव फागुन ९ गतेदेखि सुरु हुने ।

 

५) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित परालको थुप्रोमा लुकाएर राखिएको ४१ किलो गाँजा प्रहरीद्वारा बरामद, प्रहरीले थाल्यो अनुसन्धान ।

 

६) धनकुटाको पाख्रिबास नगरपालिकाद्वारा अपांगता भएका नागरिकका लागि वडावडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन, परिचयपत्र पनि वितरण ।

 

७) महोत्तरीको गौशाला नगरपालिका-११ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक देवनारायण महतो पदमुक्त, महतोले ४४ हजार रुपैयाँ विद्यालयको खातामा जम्मा गरे ।

 

८) नगर विकास कोष र हेटौंडा उपमहानगरपालिकाबीच हेटौंडामा बस टर्मिनल बनाउन ऋण सम्झौता, टर्मिनल बनाउन कोषले ६० प्रतिशत रकम दिने ।

 

९) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा महिलालाई मकैको खोसेलाबाट घरायसी सामग्री बनाउने तालिम सुरु, तालिका १ महिना सञ्चालन हुने ।

 

१०) खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबीच १९ बुँदे सम्झौता ।

 

११) नेपालमा प्रतिबन्धित ५ सय दरका भारुसहित १ जना मोरङ प्रहरीको नियन्त्रणमा, पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-९ का अजय बलकोटी ।

 

१२) पोखराको फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काल रोक्न सम्पदा अधिकारकर्मीको माग, अभियन्ताले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाए ।

 

१३) भारतले बाटो खन्दा महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु, नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अनुरोध ।

 

१४)  सिन्धुलीमा सात मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस, जिल्ला निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठायो ।

 

१५) मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई आगामी मंसिरसम्म बालमैत्री गाउँपालिका बनाउने, जनप्रतिनिधि र सरोकारवालाले जनाए सामूहिक प्रतिबद्धता ।

 

१६) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको चौथो जिल्लासभा सम्पन्न, सभाले गर्‍यो विभिन्न निर्णय ।

 

१७) रूपन्देहीको सैनामैना नगरपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरणका लागि तथ्यांक संकलन सुरु, अब गरिब परिवारले पाउने भए परिचयपत्र ।

 

१८) बुद्ध जन्मस्थल लुम्बिनीमा सीमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु, अब लुम्बिनी घुम्न आउने पर्यटकको बसाइ लम्बिने ।

 

१९) ट्राफिक नियम उल्लंघनको जरिमाना अब अनलाइनबाटै तिर्न सकिने, महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्यायो ।

 

२०) काठामाडौं महानरपालिका गौरीघाटबाट ३ किलो लागूऔषध सहित चार जना पक्राउ ।