close

प्रदेश २ को तेस्रो वार्षिकोत्सव

प्रदेश २ को तेस्रो वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरी भएको संवैधानिक कुविरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आग्रह गरेका छन् ।

 

प्रदेश २ प्रदेशसभाको तेस्रो वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अलोकतान्त्रिक तानाशाही प्रवृत्तिविरुद्ध परिवर्तनकारी शक्ति एकजुट हुने अवस्था आएको दाबी गरेका हुन् । 


केही राजनीतिक दलले चुनाव भए आफ्नो स्थिति बलियो हुने सोचेर प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई सहयोग गर्दै आएकाले निरंकुशताले झांगिने अवसर पाएको उनको दाबी छ ।

 

मुख्यमन्त्री राउतले भने, ‘भ्रममा नपर्नुस्, कुनै पनि तानाशाहीले आफू हार्ने चुनाव गराउँदैन । चुनाव गराउन प्रतिनिधिसभा विघटन गरिएको छैन । ‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफ्नो विचारलाई स्थापित गर्न सक्छन्, सत्तामा पुग्न सक्छन् । लोकतन्त्रै नरहे के चुनाव ?’ 

 

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफूहरूले कहिल्यै नगरेको र आगामी दिनमा समेत नगरिने स्पष्ट पारे ।


सभामुख सरोजकुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्रीहरू, प्रतिपक्षी दलका नेतालगायतले शुभकामना दिएका थिए ।