close

जनकपुरधाम नगरभित्र बन्दको प्रभाव शून्य

जनकपुरधाम नगरभित्र बन्दको प्रभाव शून्य

Trulli
ADVERTISEMENT

धनुषा- प्रचण्ड-माधव समूहको नेकपाले घोषणा गरेको आमहडतालको प्रभाव जनकपुरमा शून्य देखिएको छ ।

 

जनकपुरका बजार पूर्ण रूपमा खुलेका छन् । छोटो दूरीका सवारीसाधन निर्वाध चलिरहेका छन् ।

 

बिहानैदेखि लामो रुटका सवारी साधन नचले पनि बजारमा जिप, टिपर, ट्रक, टेम्पो, ई-रिक्सालगायतका सवारीसाधन चलिरहेका छन् ।

 

आमहडताललाई लक्षित गर्दै नगरभित्र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जनकपुर नगरभित्रका प्रायः शैक्षिक संस्था भने बन्द छन् । 

 

सरकारी कार्यालय सञ्चालनका लागिसुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

 

जनकपुरधाम उपमहानगरभित्रका प्रमुख चोक जनकचोक, भानुचोक, मुरलीचोक, स्टेसन एरिया, पिडारीचोक, बसपार्कलगायत स्थानमा ठूलो संख्यामा सशस्त्र प्रहरीको उपस्थिति छ ।

 
बिहान केही बेर दर्जन बढी मोटरसाइकलमा बन्दकर्ताहरू बजार बन्द गराउँदै हिँडे पनि पसलेले त्यसको अवज्ञा गरे ।