close

रूपन्देहीमा प्रचण्ड-माधव खेमाको बन्द : मुख्य सहर सुनसान

रूपन्देहीमा प्रचण्ड-माधव खेमाको बन्द : मुख्य सहर सुनसान

Trulli
ADVERTISEMENT

रूपन्देही- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव खेमाले घोषणा गरेको आमहडतालको प्रभाव बुटवल, तिलोत्तमा, भैरहवा अनि देवदह र सैनामैना क्षेत्रमा परेको छ ।

 

सधैँ चहलपहल हुने चोक, सडक, पसल व्यवसाय फाटफुट्टबाहेक सबै ठप्प छन् । लुम्बिनी प्रदेश मुकाम राजधानी बुटवलका सडकमा मोटरसाइकल, अटोरिक्सा न्यून चलेका छन् ।


नेकपा प्रचण्ड-माधव खेमाले बुटवलको राजमार्ग चौराहाको मूल सडकमा ट्रयाक्टर तेर्स्याएर बाटो बन्द गराएको छ । 

 

मिलनचोकमा भने २ वटा ट्रक राखेर बाटो अवरुद्ध गरिएको छ । प्रहरी प्रशासनले बुटवल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले साइरन बजाउँदै चोक-चोक र गल्ली-गल्लीमा बन्दकर्तालाई तितर–बितर बनाइरहेको छ । 

 

राजनीतिक अभीष्ट पूरा गर्न सडक छानिएपछि स्थानीयले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा रिक्सा खोज्दै गरेका कपिलवस्तुका अनुप पोखरेल भन्छन्, ‘हिजो बिरामीसँगै बसियो । आज बन्द रहेछ । रिक्साले महँगो पैसा तिरे मात्रै लैजाने भन्छन् । सर्वसाधारणलाई दुःख दिने बन्द गरेर राजनीति गर्नु बेइमानी हो ।’

 

१७ वर्षदेखि हुँदै आएको बन्द बीचका ३ वर्ष नभएपछि सधैँका लागि रोकिएको अपेक्षा गरे पनि त्यसो हुन नसकेको उनको गुनासो छ ।

 

प्रचण्ड-माधव खेमाको बन्दका कारण मारमा परेको बुटवलका राजेन्द्र अर्याल सुनाउँछन् । उनले भने, ‘राजनीतिक समस्या हो । टेबुलबाट समाधान गर्नुपयो । जनतालाई किन सास्ती दिने ?’ 

 

प्रचण्ड-माधव खेमाका रूपन्देही सचिव निर्मल जिसी भन्छन्, ‘प्रतिनिधिसभा विघटन हठात् गरिएकाले असंवैधानिक कदमको विरोधमा बन्द गरिएको हो ।’