close

विदेश रोजगारीबाट फर्किएकालाई खोटेहाङको कृषि अनुदान 

विदेश रोजगारीबाट फर्किएकालाई खोटेहाङको कृषि अनुदान 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी कृषि अनुदान कार्यक्रम सुरु गरेको छ ।

 

आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले विदेशबाट आएपछि गाउँमा कृषि व्यवसाय अपनाउन इच्छुक युवालाई मागमा आधारित कृषि अनुदान दिने कार्यक्रम ल्याएको हो ।

 

वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि अनुदान उपलब्ध गराउन आगामी ३ फागुनभित्र प्रस्ताव पेस गर्न आह्वान गरिएको गाउँपालिकाकी नाप्रास ममिता खवासले बताइन् ।

 

गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा कृषि कर्म गर्न इच्छुक ९ जना युवालाई ५० प्रतिशत अनुदानमा कृषि अनुदान उपलब्ध गराउने तयारी गरेको छ ।

 

गाउँपालिकाले आधुनिक कृषियन्त्र उपकरण खरिदमा १ लाख, टनेल वा ग्रिनहाउस निर्माणमा १ लाख, पशुपक्षीपालनमा गोठखोर निर्माणका लागि १ लाख, प्लास्टिक पोखरीका लागि ५० हजार, माछा पोखरी निर्माणका लागि १ लाख, बिउ, बिरुवा र मल खरिदका लागि २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । 

 

यस्तै, उन्नत जातका पशुपक्षीको पाठापाठी खरिदका लागि १ लाख, आधुनिक माहुरी घार खरिदका लागि १ लाख र संकलन तथा केन्द्र चिस्यान केन्द्र निर्माणका लागि २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

 

कृषि अनुदानका लागि कृषक, कृषि फर्म तथा उद्यमीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।