close

दिनभरको पालिकाः बेरोजगारलाई ऋण, झगडामै बित्यो दिन (भिडियो खबर)

दिनभरको पालिकाः बेरोजगारलाई ऋण, झगडामै बित्यो दिन (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) प्रचण्ड-नेपाल समूहको (नेकपा) ले गरेको देशव्यापी आमहडतालका कारण जनजीवन प्रभावित, विभिन्न स्थानमा सवारीसाधनमाथि आगजनी तथा तोडफोड ।

 

२) लुम्बिनी प्रदेश सरकारद्वारा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा बालबालिकालाई पोसाक वितरण, २७ विद्यालयमा अध्ययनरत विद्यार्थीले पाए पोसाक ।

 

३) भक्तपुर नगरपालिका-१ स्थित भाजु पोखरीको मध्य भागमा जलेश्वर मन्दिर निर्माण गरिने, नगरप्रमुख सुनील प्रजापतिले गरे मन्दिरको शिलान्यास ।

 

४) नवलपुरको गैंडाकोट नगरपालिका-७ मा निर्माण भयो आधारभूत स्वास्थ्य इकाइ भवन, नगरप्रमुख छत्रराज पौडेलले गरे भवनको उद्घाटन ।

 

५) वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ४ द्वारा सार्वजनिक सुनुवाइ सम्पन्न, दोस्रो सार्वजनिक सुनुवाइ असार मसान्तमा फेरि गरिने ।

 

६) बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी काठमाडौंको कोटेश्वरबाट पक्राउ, पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ इमाडोल बस्ने ५५ वर्षीय मणिकुमार थापा ।


७) नवलपुरको मध्यबिन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने, नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता, ५० हजारदेखि १५ लाखसम्म ऋण पाइने ।

 

८) रूपन्देहीको सैनामैनामा तेस्रो सैनामैना मेयर कप नकाउट फुटबल प्रतियोगिता २४ माघदेखि हुने, १२ टिमको सहभागिता रहने ।

 

९) काभ्रेको बेथानचोक गाउँपालिकाको गाउँसभाबाट स्वीकृत भएका योजना १५ फागुनसम्म सम्झौता गरिसक्नुपर्ने, पालिकाले जारी गर्‍यो पत्र ।

 

१०) ज्यान मार्ने उद्योगको आरोप लागेका बाग्लुङको ढोरपाटन नगरपालिका-४ का वडध्यक्ष तिलक पुन धरौटी बुझाएर छुटे, पुन २१ दिनपछि रिहा ।

 

११) दाङको राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्य चौकीमा स्थायी परिवार नियोजन शिविर सुरु, पालिकाबासीले पाए घर नजिकै स्वास्थ्य सेवा ।

 

१२) नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाद्वारा ११ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा, आगामी वर्ष सबै वडालाई घोषणा गर्ने पालिकाको तयारी ।

 

१३) नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप, प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता रामचन्द्र झा घाइते, प्रहरीद्वारा हवाई फायर ।

 

१४)  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ मा मकै बिउ प्रशोधन प्लान्ट स्थापना, अब किसानबाट उत्पादित मकै खरिद गरिने ।

 

१५) इलामको माई नगरपालिकाले कृषि विकास अधिकृत छनोटका लागि लिएको लिखित परीक्षाको नतिजा निकाल्यो, सफल उम्मेदवारलाई पालिकाले अन्तर्वार्ताका लागि बोलायो ।

 

१६) खोटाङको खोटेहाङ गाउँपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी कृषि अनुदान कार्यक्रम सुरु, मागमा आधारित कृषि अनुदान दिइने ।

 

१७) एसईईका विद्यार्थीको आवेदन फाराम भर्ने म्याद थप, ६ फागुनभित्र आवेदन फाराम भरिसक्नुपर्ने ।

 

१८) लमजुङको दोर्दी गाउँपालिका-६ की क्यान्सरपीडित धनसिरी तामाङको उपचारका लागि प्रवासबाट आर्थिक सहयोग प्राप्त, प्राप्त रकम  बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याललगायतले गरे प्रदान ।

 

१९) चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर-४ का वडाध्यक्ष होमबहादुर राना मगरको निधनको शोकमा पालिका मातहतका सम्पूर्ण कार्यालय बन्द, वडाबासी शोकमा ।

 

२०)  विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो ।