close

भक्तपुर नगरको नगरसभा : लेखा समितिको प्रतिवेदन पारित

भक्तपुर नगरको नगरसभा : लेखा समितिको प्रतिवेदन पारित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आठाैँ नगरसभाले नगरपालिकाको लेखा समितिको प्रतिवेदन, २०७७ सर्वसम्मत पारित गरेको छ ।

 

भक्तपुर नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको आर्थिक पारदर्शिता र जनप्रतिनिधिलाई अनुशासनमा सहयोग पुर्‍याउन लेखा समितिको प्रतिवेदन पारित गरेको हो ।


भक्तपुर नगरको आव २०७५/७६, २०७४/७५ र २०७३/७४ को महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण भई भक्तपुरलाई प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका नियमित गर्नुपर्ने, असुलउपर गर्नुपर्ने र प्रमाण पेस गर्नुपर्ने बेरुजु सम्बन्धमा छलफल भएको थियो ।

 

नगरपालिकाको नगरसभाबाट गठित लेखा समितिको बैठकमा अध्ययन तथा छलफल भई बेरुजु फर्छ्याेटका लागि पेस भएको प्रतिवेदन नगरसभामा प्रस्तुत भएको हो ।

 

लेखा समितिको प्रतिवेदनबारे छलफलमा सभासद् शिवप्रसाद बालाले आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका जिज्ञासामाथि लेखा समिति संयोजक हरिप्रसाद बासुकलाले महालेखाले औँल्याएका विषय समाधान भइसकेको र केही कुरा नीतिगत अस्पष्टता रहेकाले स्पष्ट पारी महालेखा परीक्षकको कार्यालयमा लेखिपठाइने बताए । नगरसभाको अर्को बैठक २६ माघमा बस्नेछ ।