close

जिल्लाका २६ सरकारी कार्यालयमा पियनदेखि हाकिमसम्मै गयल 

जिल्लाका २६ सरकारी कार्यालयमा पियनदेखि हाकिमसम्मै गयल 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका सरकारी अड्डामा कार्यालय प्रमुखदेखि कर्मचारी नै कार्यालयमा अनुपस्थित हुने गरेको भेटिएको छ । जिल्लास्थित सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालय जुम्लाको छड्के अनुगमनका क्रममा यस्तो देखिएको हो । 

 

कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि प्रशासनले छड्के अनुगमन गरेको हो । जुम्लामा चिसो बढेसँगै कर्मचारीदेखि जनप्रतिनिधिले जिल्ला बाहिरिने वा छाड्ने गरेका छन् । यसले पनि सरकारी सेवा प्रभावित हुँदै आएको छ । 


जिल्लाका स्याउ सुपरजोन, जनस्वास्थ्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि अनुसन्धान केन्द्रलगायत २६ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको हो । 


छड्के अनुमगन गरिएका २६ कार्यालयका २ सय ३० जना कर्मचारीमध्ये १ सय २१ जना मात्रै उपस्थित थिए भने १ सय ९ जना कार्यालयमा उपस्थित नरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

उनले भने, ‘यी कार्यालयका ७ जना प्रमुख नै उपस्थित देखिएनन् । कार्यालय प्रमुख नै अनुपस्थित रहेको विषयबारे प्रशासनलाई कुनै जानकारी गराइएको छैन ।’ 

 

कार्यालय प्रमुख जिल्ला बाहिरिँदा प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था भए पनि बेवास्ता गरिएको छ । उनीहरू जिल्लाबाहिर छन् वा जिल्लामै बसेका छन्, त्यसबारे जानकारी भएको प्रजिअ थापाको भनाइ छ ।  


कार्यालयमा उपस्थित नभएर नागरिकको सेवा प्रवाह प्रभावित पार्ने जोकोही कर्मचारीमाथि पहिलो चरणमा स्पष्टीकरण सोधिने प्रजिअ थापाले बताए । चित्त बुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।