close

रेनोकोे नयाँ क्वीड सार्वजनिक

रेनोकोे नयाँ क्वीड सार्वजनिक

Trulli
ADVERTISEMENT


काठमाडौंं -  नेपालमा युरोपियन ब्रान्ड रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले नयाँ क्वीड गाडी बजारमा सार्वजनिक गरेको छ ।


नेपालमा क्वीडको सफलतापछि ल्याइएको नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन हो कम्पनीले जनाएको छ । नयाँ क्वीड गाडीमा बोल्ड, अधिक स्टाइलिस र धेरै लोडेड फस्टइनक्लास सुविधा रहेको कम्पनीको भनाइ छ ।


नयाँ क्वीड गाडी १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पाउरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पमा उपलब्ध छ । 


नेपालमा नयाँ क्वीड गाडीको सुरुआती मूल्य २४ लाख ९९ हजार पर्ने एडभान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले जानकारी दिए ।