close

दिनभरको पालिका : नारायणहिटीमा छल्कियो ओलीको माया, जुम्लामा अब ओखरको छाया (भिडियो खबर)

दिनभरको पालिका : नारायणहिटीमा छल्कियो ओलीको माया, जुम्लामा अब ओखरको छाया (भिडियो खबर)

Trulli
ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

 

१) कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित, किसान भने खुसी ।

 

२) रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन, नगरप्रमुख वासुदेव घिमिरेले गरे केन्द्रको उद्घाटन ।

 

३) मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ स्थित क्विक पार्टी प्यालेसको छतबाट खसेर एक जनाको मृत्यु, मृतक रौतहटको देवाही गोनाही नगरपालिका-९का ४२ वर्षीय विनोद यादव ।

 

४) किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाद्वारा आइरन चक्की खुवाउने अभियान सुरु, सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने ।

 

५) जिल्ला निर्वाचन कार्यालय बझाङले मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठायो, सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन ।

 

६) प्रधानमन्त्री केपी ओली समूहको नेकपाले काठमाडौंको दरबारमार्गमा सडक छेकेर गरेको आभसभाका कारण नागरिकलाई सास्ती, यातायातका साधन निर्वाध रूपले चल्न पाएनन् ।

 

७) ललितपुरको गोदावरी नगरपालिकाको ८ औं नगरसभा सुरु, नगरप्रमुख गजेन्द्र महर्जनले गरे सभा उद्घाटन ।

 

८) प्रदेश २ सरकारद्वारा सञ्चार क्षेत्रमा तीन जना पदाधिकारी नियुक्त, सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरबैता ।

 

९) बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको वीभत्स रूपमा हत्या गरिएको घटनाबारेमा छानबिन गर्न तालिमप्राप्त कुकुर परिचालन, गाउँपालिकाद्वारा शोक बिदा ।

 

१०) तारकेश्वर नगरपालिकाबाहेक काठमाडौका अन्य ठाउँमा बर्डफ्लु भेटिएन, जोखिम कायमै रहेकाले सतर्कता अपनाउन पशु विभागको आग्रह ।


 
११) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिनमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २६ घरपरिवारका छानामा जस्तापाता टल्कने, अनुदानका लागि लाभग्रहीले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नुपर्ने ।

 

१२) काठमाडौं महानगरपालिका-२२, खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ, पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-७ की ३० वर्षीया शान्ति घिमिरे र चाँगुनारायण नगरपालिका १ की ३१ वर्षीया दुर्गा चौलागाईं ।

 

१३) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता अभिवृद्घि तालिम, कार्यक्रम दुई दिनसम्म चल्ने ।

 

१४)  नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय बैठक काठमाडौंमा सम्पन्न, बैठकमा संघको प्रगति र नेतृत्व विकास प्रतिष्ठानबारे सहभागीहरूबीच छलफल ।

 

१५) प्युठानको सरुमारानी गाउँपालिका-६ मोतीपुरमा रा १ ज ८०९ नम्बरको स्कारपियो दुर्घटना, दुर्घटनामा परी अर्घाखाँचीको शीतगंगा नगरपालिका-७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु, अन्य १० जना घाइते ।

 

१६) भक्तपुर नगरपालिकाले प्रमाणपत्र धितो राखेर स्नातक र सोभन्दा माथि अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋण दिने, इच्छुक विद्यार्थीले १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्नुपर्ने ।

 

१७) मकवानपुरको थाहा नगरपालिकाका तीन विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु, विद्यार्थीले विद्यालयमै पाउने भए स्वास्थ्योपचार ।


  
१८) जुम्लाको चन्दननाथ नगरपालिकाद्वारा अनुदानमा कृषकलाई ओखरका बिरुवा, नगरप्रमुख कान्तिका सेजुवालले हस्तान्तरण गरिन् बिरुवा ।

 

१९) जिल्ला निर्वाचन कार्यालय चितवनले अगामी निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न ग¥यो सिफारिस, जिल्लामा मतदाता संख्यामा वृद्धि ।

 

२०) गोरखा नगरपालिका-८ ढुंगागाढे नजिकै भ्यानको ठक्करबाट सोही स्थानकी नीरमाया थापाको ज्यान गयो, ठक्कर दिने सवारी र चालक सक्गुल मियाँल प्रहरीको नियन्त्रणमा ।