close

पेदाङ र आम्बेगुदिनका किसानलाई किवी खेतीमा मनग्गे अनुदान

पेदाङ र आम्बेगुदिनका किसानलाई किवी खेतीमा मनग्गे अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा नं २ आम्बेगुदिन र वडा नं ५ पेदाङका किसानलाइ किवी खेतीका लागि अनुदान दिने भएको छ ।


माटो सुहाउँदो खेती र घाँसपातको उपलब्ध हुने क्षेत्रमा पशुपालनका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाले किवी खेतीका लागि अधिकतम् २४ लाख रुपैंया उपलब्ध गराउन लागेको हो ।


प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार गाउँपालिकाले स्थानीय महत्वका खाद्य सुरक्षा तथा पोषणमा टेवा पु¥याउन साना व्यावसायिक कृषि उत्पादन केन्द्र(पकेट)मार्फत अनुदान उपलब्ध गराउन लागेको हो ।

 

किवी खेतीका लागि आम्बेगुदिन र पेदाङमा १–१ वटा गरी २ वटा पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले किवी खेतीका लागि पुराना कृषक लक्षित पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाको कृषि अधिकृत सपना तिवारीले जानकारी दिइन् ।

 

अनुदान प्राप्त गर्न कृषि समूह,समिति, सहकारी संस्था, कृषि फर्महरुले ७ फागुन भित्र गाउँपालिकाको कृषि शाखामा आवेदन दिइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । कृषि फर्महरुले दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएको भए कम्तिमा ५ बर्षको सम्झौतापत्र, निबेदकको नागरिकता वा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने हुन्छ ।

 

फर्महरुले कम्तिमा १ सय रोपनी क्षेत्रफलमा किवी खेती गर्दै आएको प्रमाण समेत पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । पकेट विकास कार्यक्रम सञ्चालनको छनौट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको म्यानुअलमा उल्लेख गरेको सूचक बमोजिम हुने समेत गाउँपालिकाले जानकारी दिएको छ ।