close

आठराई त्रिवेणीका किसानलाई अनुदानमा कृषि औजार

आठराई त्रिवेणीका किसानलाई अनुदानमा कृषि औजार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वडा नम्बर १ निघुरादिनका किसानलाई वडापालिकाबाट फलफूल खेतीका लागि टनेल र विषादी छर्ने स्प्रे अनुदानमा उपलब्ध गराउने भएको छ ।

 

गाउँपालिकाले कृषक समूह तथा किसानलाई यो अनुदान उपलब्ध गराउन लागेको वडा सचिव इन्द्र बजगाईंले जानकारी दिए । रीतपूर्वक दर्ता भएका आवेदनलाई वडा समितिले छानबिन गरी कृषक तथा समूहलाई टनेल तथा स्प्रे उपलब्ध गराउने भएको हो ।


कृषक समूहले विषादी छर्ने स्प्रेका लागि लागि मात्र आवेदन दिन पाउनेछन् । कृषक समूहले दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि र समूहको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

 

कृषकले टनेलका लागि मात्र निवेदन पेस गर्नुपर्नेछ भने तोकिएको ढाँचामा निवेदन र कार्ययोजनाका साथ सम्बन्धितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने वडा सचिव बजगाईंले जानकारी दिए ।