close

हरिनगरमा ५ शय्याको कोरोना अस्पताल उद्घाटन

हरिनगरमा ५ शय्याको कोरोना अस्पताल उद्घाटन

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित भुटाहामा निर्मित ५ शय्याको कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन गरिएको छ ।  हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र सुनसरीका प्रमुख जिल्ला अधिकारी फनिन्द्र पोखरेलले संयुक्त अस्पतालको संयुक्त रूपमा उद्घाटन गरे । गाउँपालिकाले डा. रिजमान अन्सारीलाई अस्पतालमा नियुक्त गरेको छ । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष अन्सारीले संघीय सरकारको १० लाख रुपैयाँको सहयोगमा कोभिड–१९ अस्पताल निर्माण गरिएको बताए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले हरिनगरको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार डाक्टरसहितको सुविधा उपलब्ध गराएर अस्पताल सञ्चालनमा ल्याइको जानकारी दिए ।

 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फनिन्द्र पोखरेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा अनुगमन समिति बनाएर नागरिकलाई सेवा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष अबदुललतिफ अन्सारी, २ का हाजी युनुस अन्सारी, ३ का अरबिन्द मेहता, ५ का सबिब अन्सारी, ६ का इस्राइल अन्सारी, ७ नम्बर वडाका वडाध्यक्ष वडाध्यक्ष नसिर खाँलगायत सहभागी थिए ।