close

तिलोत्तमाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच

तिलोत्तमाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच

Trulli
ADVERTISEMENT

रूपन्देही– हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने नीतिअनुरूप तिलोत्तमा नगरपालिकाको वडा नम्बर १५ मा पनि स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख घिमिरेले आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने सरकारी नीतिअनुरूप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताए ।


योसँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी १ वडामा छिट्टै स्वास्थ्य संस्था पु¥याउने गरी काम अघि बढेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवा उपलब्ध रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।


बाँकी १ वडामा छिट्टै स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने गरी काम अघि बढेको नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतमको भनाइ छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष खेमराज गुरुङलगायत सहभागी थिए ।