close

कहाँ छ लगानी सुरक्षित ?, एउटै सहकारीबाट डेढ करोड हिनामिना

कहाँ छ लगानी सुरक्षित ?, एउटै सहकारीबाट डेढ करोड हिनामिना

Trulli
ADVERTISEMENT

गुल्मी- गाउँगाउँका साना-ठुला सहकारीमा विपन्नदेखि सम्पन्नले लगानी गरेका छन् । थोरै-धेरै बचत पनि गरेका छन् । बचत गर्नुको उद्देश्य भविष्यमा आफू र आफ्ना परिवारको सुख र समृद्धि नै हाे । 


तर, पछिल्लो समय सहकारीमा नै काम गर्ने व्यक्तिहरुका लगानीसमेत असुरक्षित बन्न थालेका छन् । जसका कारण पैसा डुब्ने चिन्तामा लगानीकर्तामा पर्न थालेको छ । त्यसको पछिल्लो उदाहरण रुरु क्षेत्र गाउँपालिका-५ को नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था हो । 


यो सहकारीमा १८ सय ४६ शेयर सदस्य छन् । ८ सय बढी ऋणीहरु छन् ।सहकारीका व्यावस्थापक द्रोर्णचार्य ज्ञवालीले सहकारीको डेढ करोड बढी रकम हिनामिना गरेको आरोपमा संचालक समितिले निलम्बन गरेको छ । नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाको ७ माघ, २०७७ मा बसेको बैठकले ज्ञवालीलाई पदमुक्त गरेको संस्थाका सचिव इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । 


अहिले पनि संस्थाको लेखा सुपेरिवेक्षण समितिले छानविनको काम गरिरहेको छ । ‘सवै विश्वास व्यावस्थापकँंग थियो उनले त्यसैको फाइदा उठाए,’ ज्ञवालीले भने, ‘पछिल्ला कही शंकास्पद गतिविधिले छानविन सुरु गरेपछि रकम मिलेन ।’ 


सहकारी संस्थाका एक शेयर सदस्यले अनियमितताको विषय बाहिर आएको लामो समय संचालक गुमनाम बस्नुले समितिभित्रै शंका पैदा भएको गुनासो गरे । ‘मेरो लगानीको चिन्ताभन्दा नबोल्ने लगानीकर्ताहरुको पैसा डुब्ने भयो,’ उनले भने, ‘आरोपितले कारबाहीभन्दा आश्रय पाइरहेका छन् ।’


सफ्टवेयरले अनियमितता बाहिरियो


नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७६/०७७ बाट संस्थाको सम्पूर्ण कारोवार सफ्टवेयरबाट सुरु गरेको छ । अघिल्ला वर्षहरुको श्रेष्ताहरु पनि सफ्टवेयरमा राख्ने क्रममा रकम र श्रेष्ता नमिलेपछि अनियमित्ता बाहिर आएको हो ।


व्यवस्थापकले अनियमितता गरेको शंका लागेपछि संस्थाका उपाध्यक्ष नारायण पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरियो । समितिले छानविन गर्ने क्रममा आर्थिक वर्ष २०६३/०६४ सालदेखि २०७५/०७६ सम्मका सवै श्रेष्ताहरुको पुनः रुजु गरेको थियो । 


जसमा व्यावस्थापकले एक करोड ५६ लाख ७० हजार ३ सय १६ रकम हिनामिना गरेको पाइएकोे छ । व्यवस्थापककले बिना धितो, मुल्यांकलन नै नगरी , ऋण समितिको सिफारिस बिना मनलाग्दी ऋण दिएको फेला परेको समितिका संयोजक तथा सहकारी संचालक समिति उपाध्यक्ष नारायण पौडेलले जानकारी दिए । 


त्यसरी प्रवाह गरिएको कर्जाको २६ लाख रकम व्यवस्थापकले फिर्ता गरेका छन् । उनले नक्कली कागजपत्र बनाएर मनलाग्दी ९ हजार देखि ३४ लाखसम्म ऋण दिएका छन् । त्यस्तै ऋणीहरुले बुझाउने किस्ता रकम संस्थाको खातामा नभएर आफ्नो खातामा जम्मा गर्ने र किस्ता संस्थाको खाताबाट नघटाउने गरेको पाइएको पौडेलले बताए । 


फरक रकम सही हो, प्रमाण ठहेरे तिर्छु


नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक द्रोर्णचार्य ज्ञवालीले व्यावहारिक रुपमा काम गर्दा फसिएको प्रतिक्रिया दिए । उनले गाउँका सहकारीमा धेरै व्यावहारिक पक्षमा पनि ध्यान दिनुपर्ने भएकाले कानुनी रित नपुराइकनै ऋण दिने गरेको स्वीकार गरे । 


उनले अहिले त्यसरी प्रवाह गरिएको ऋण फिर्ता गर्ने र केही ऋणीलाई बोलाएर आवश्यक प्रक्रिया पुरा गर्ने गरिएको बताए । 


संस्थामा जम्मा गरेपछि भौचर जम्मा गर्ने सास्ती हुने भएकाले आफ्नो खातामा जम्मा गर्ने गरेको व्यवस्थापक ज्ञवालीले बताए । ‘डेढ करोड रकम फरक परेको हो । तर रकम कहिँकतै प्रयोग नभएकाले अचम्म परेको छु,’ प्रमाणले ठहरे दिनुपर्छ,’ उनी भन्छन् ।