close

स्थानीय सरकारले दिएको कम्प्युटरमा प्रधानाध्यापकको ताला (भिडियाे खबर)

स्थानीय सरकारले दिएको कम्प्युटरमा प्रधानाध्यापकको ताला (भिडियाे खबर)

ADVERTISEMENT

झापा- पछिल्लो समय गाउँका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने होड चलेको छ । स्थानीय सरकारलाई दिइएको बजेटअनुसार धेरै स्थानीय सरकारले विद्यालयमा लगानी गरेका छन् । 

 

अझ, शैक्षिक गुणस्तर उकास्न नयाँ नयाँ विषय समावेश गर्दै आएका छन् । त्यसैलाई आधार मानेर विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाएको ढोल पिटिरहेका छन् । तर, नजिकको तीर्थ हेला भनेजस्तै झापाको कचनकवल गाउँपालिकाको सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको दाबी गरेको गाउँपालिकाले आफ्नै कार्यालय छेउमा रहेको लक्ष्मी माविको अनुगमन नगर्दा विद्यार्थी प्रविधिमैत्री बन्न सकेका छैनन् ।

 

झापाको कचनकवल गाउँपालिकाले स्थानीय तह भरिका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाईसकेको दावी गर्दै आएको छ । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकार सँगको सहकार्यमा सबै विद्यालयमा कम्प्युटर शिक्षा पु¥याइसकेको छ । 

 

तर, गाउँपालिका कार्यालयको ५ सय मिटर नजिक रहेको लक्ष्मी माध्यमिक विद्यालयका हाल विद्यार्थीले कम्प्युटर चलाउन त के देख्नसम्म पाउँदैनन् ।

 

ल्याब कोठामा हेर्ने हो भने कम्प्युटर टेबलबाहेक एउटा बिजुलीको बल्बसम्म छैन । विद्यालय प्रशासन, व्यवस्थापन समितिको र स्थानीय तहको लापरवाहीका कारण सयौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको लक्ष्मी विद्यालयका विद्यार्थी राहुल राजवंशी बताउँछन् ।

 

आईसीटी कार्यक्रममार्पmत प्राप्त २१ वटा र त्यसभन्दाअघि सञ्चालित २५ वटा कम्प्युटर अहिले कोठाभित्र थुनिएका छन् । आईसीटीको मोडलअनुसारका फर्निचर बनाउन नसकेका कारण कम्प्युटर कक्षा सञ्चालन नभएको विद्यालयले जनाएको छ । तर, यसअघि नै सञ्चालनमा आएको कम्प्युटरसमेत खोलेर राखिएको लक्ष्मी विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गौतमले जानकारी दिए ।

 

विद्यालय शिक्षक र कर्मचारीसँग कम्प्युटर राखिएको कोठाको साँचो हुँदैन । कार्यवाहक अरूलाई दिएर प्रधानअध्यापक राजु बुढाथोकी कतै जानुपरे साँचो लिएरै जान्छन् । गाउँपालिकाको पहलमा हाल विद्यालयमा कम्प्युटर शिक्षकको समेत व्यवस्था गरिएको छ । 

 

तर, विद्यालय सञ्चालनको हालको अवस्थाका विषयमा समितिलाई समेत केही जानकारी नहुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद दंगालको भनाइ छ । यस विषयमा आफहरूसमेत अनविज्ञ रहेको शिक्षक रत्नकुमार बुढाथोकी बताउँछन् ।


यी सबै विषयमा अज्ञात रहेको कचनकवल गाउँपालिका बल्ल अनुगमन गर्ने तयारीमा जुटेको छ । विद्यालयमा देखिएको यस किसिमका गतिविधिको अनुगमन गरेर छिट्टै निर्णय लिइने गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले जानकारी दिए ।

 

त्यति मात्र हैन, गाउँपालिकाले लक्ष्मी माध्यमिक विद्यालयमा सफाइ कर्मचारीसमेत राखेको छ । तर, विद्यालयमा सरसफाइको अवस्थासमेत उस्तै छ । खेल मैदानमै थुपारिएको फोहोर, जीर्ण शौचालय हटाउन वा व्यवस्थापन गर्न प्रशासन र व्यवस्थापन समितिको ध्यान गएको देखिँदैन ।