close

बुटबलमा १ किलाेमिटर लामो केबलकार बन्दै 

बुटबलमा १ किलाेमिटर लामो केबलकार बन्दै 

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटबल उपमहानगरपालिकाको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने केबुलकारमा लगानी गर्न रोटरी क्लव अफ बुटवलले छलफल गरेको छ ।

 

बिजनेश एजेण्डा अन्तर्गत शनिबारको बैठकमा बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको विषयमा छलफल भएको छ । बैठकमा सिद्धबाबा केवल कार परियोजनाका बारेमा सृष्टि गुरुङले अवधारणा प्रस्तुत गरिन् । केबुलकारको लम्बाई १ किलोमिटर ९५ किलोमिटर हुने उनले जानकारी दिइन् ।

 

निर्माणको काम पुरा गरी २ वर्षभित्र सञ्चालन गर्नेगरी अहिले काम अगाडि बढाएको जानकारी गराउँदै उनले सरकारबाट पूरा गर्ने प्रक्रिया सबै सम्पन्न भइसकेको बताइन् । केबुलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने, टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहनेछ । 

 

प्रालिले नुवाकोटगढीमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम एक साथ सुरू गर्ने जानकारी पनि गराएको छ । बैठकमा प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले महत्वाकांक्षी योजनाका साथ सुरू भएको सो केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटगढीसम्म ल्याउन सकिने बताए ।

 

प्रालिका सचिव पिएल श्रेष्ठले पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा पर्यटकहरु आउने र परियोजना सफल हुने दावी गरे । बुटवलको जीतगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृष्यहरु एकैसाथ अवलोकन गर्न सकिने छ ।

 

पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको नुवाकोट गढीमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशूल तथा ऐतिहासिक रानीकुवा समेत छ ।

 

सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको इतिहास छ । 

 

करिब डेढ अर्ब रूपैयाँको लागतमा बन्न लागेको केबुलकारमा ४० जनाको लगानी छ । बुटवलदेखि नुवाकोटगढीसम्म केबुलकार सञ्चालन पछि बिशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शुरूआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने छ । 

 

बुटबल उपमहनगरपालिका वडा नं ४ का वडा अध्यक्ष टंक पराजुलीले केबुलबकार सञ्चालनमा आएपछि  यसक्षेत्रको पर्यटन तथा धार्मिकक्षेत्रको प्रचारप्रसार हुने बताए ।