close

लुम्बिनीमा २८ हजार ९ ले लगाए कोरोना विरुद्धको खोप

लुम्बिनीमा २८ हजार ९ ले लगाए कोरोना विरुद्धको खोप

Trulli
ADVERTISEMENT

रुपन्देही- माघ लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेशमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेविका एम्बुलेन्स चालक सुरक्षाकर्मी गरि २८ हजार ९ सय ४१ ले कोरोना विरुद्धको खोप लगाएका हुन् । 

 

प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भन्डारीका अनुसार रुपन्देहीमा ६ हजार ७ सय ९१ कपिलबस्तुमा २ हजार २ सय २६ दाङमा ३ हजार ५ सय ३६ बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१ नबलपरासीमा १ हजार १ सय ५२ अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुममा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा ११ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्  ।

 

चिकित्सक स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत अन्य कर्मचारी स्वयसेविका एम्बुलेन्स चालक सुरक्षाकर्मीलगायतलाई खोप लगाइएको भन्डारीले बताए । प्रयोगमा ल्याइएको कोरोना विरुद्धको खोप २८ हजार ९ सय ७० भाइलमध्ये खेर जाने दर न्युन रहेको बताए ।

 

उनले लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेकोे बताए । लक्ष्य ३४ हजार ९ सय ९५ भएपनि २८ हजार ९ सय ७० जनाले खोप लगाएका छन । लुम्बिनी प्रदेशमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाएको भण्डारीले बताए ।