close

स्मार्ट च्वाइस र ग्लोबल आइएमई बैंकबीच डिजिटल बैंकिङ समझदारी

स्मार्ट च्वाइस र ग्लोबल आइएमई बैंकबीच डिजिटल बैंकिङ समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौं– स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले बैंकिङ क्षेत्रका सेवाग्रहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसनमार्फत सेवा उपलब्ध गराउन ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ ।


एससीटीले गहन अध्ययन र अनुसन्धान गरी दुई वर्षको प्रयत्नबाट विकास गरेको यस उपकरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल्फबैंकिङ, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।


यसबाट ग्लोबल आइएमई बैंकका ग्राहकलाई आवश्यकताबमोजिम छिटो–छरितो, बैंकिङ सेवा–सुविधाको पहुँच हुनेछ । बैंकले यो आधुनिक उपकरणको सेवालाई छिट्टै ग्राहकमाझ लगिने जनाएको छ ।


परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थालाई यस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

 

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिङ क्षेत्रका ग्राहकको बढ्दो माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीको छ ।