close

प्रदेश २ का लाभग्रहीलाई आइएमई भरोसा कोषको रकम वितरण

प्रदेश २ का लाभग्रहीलाई आइएमई भरोसा कोषको रकम वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं– आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश २ का लाभग्रहीलाई रकम हस्तान्तरण गरिएको छ । कोषको स्थापना कोरोना महामारीका कारण विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले भएको थियो ।

 

आइएमई ग्रुपद्वारा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्रहीलाई चेक हस्तान्तरण गरे । कोषबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।

 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवं ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीको सहभागिता  थियो ।

 

कोषबाट सहयोग राशि प्राप्त गर्न सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयमा २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ ।