close

उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाको ऋण

उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाको ऋण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने स्थानीयका लागि शैक्षिक कर्जाको उपलब्ध गराउने भएको छ । नगरले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन अगाडि बढाउन नपाएका स्थानीयलाई लक्षित गरी उक्त कर्जा ल्याएको हो ।

 

नगरपालिकाका अनुसार इच्छुक व्यक्तिका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म शैक्षिक कर्जाको व्यवस्था गर्न सकिनेछ । त्यसका लागि इच्छुक व्यक्तिले वडा कार्यालयमा गई निवेदन दिनुपर्नेछ ।

 

नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाका अनुसार शैक्षिक कर्जाका लागि नगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस आर्थिक वर्ष १ जना विद्यार्थीलाई कर्जा व्यवस्था गरिएको छ ।

 

उनका अनुसार कर्जा लिएका विद्यार्थीले पढाइ पूरा गरेपछि क्रमशः ब्याज तिरेर ऋण तिर्न सक्नेछन् । शैक्षिक कर्जाको सदुपयोग गर्न विद्यार्थीको नाममा नभई सम्बन्धित कलेज शैक्षिक संस्थामा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

 

प्रत्येक वडाका १० जना विद्यार्थी गरी १ जना विद्यार्थीलाई कर्जा दिने वडानम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जानकारी दिए । उनले भने, ‘आर्थिक रूपमा कमजोर तर पढ्न इच्छुक विद्यार्थीलाई ऋण दिनेछौँ । प्रत्येक वडाबाट १० जना विद्यार्थीलाई छनोट गरी उनीहरूका लागि नगरपालिकामा सिफारिस गरी पठाउँछौँ ।’

 

मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकायलगायत विभिन्न विषय पढ्न चाहने विद्यार्थीलाई शैक्षिक कर्जा व्यस्वथा गरिएको छ । तर, विदेशमा गएर पढ्न चाहने स्थानीयले उक्त कर्जा लिन पाउने छैनन् ।