close

जुम्लाका दुई गाउँबस्ती सौर्य विद्युतले झिलीमिली

जुम्लाका दुई गाउँबस्ती सौर्य विद्युतले झिलीमिली

Trulli
ADVERTISEMENT

जुम्ला– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले जुम्लाका २ गाउँबस्तीसहित कर्णालीका ५ स्थानीय तहमा सौर्य विद्युत् प्रणाली जडान गर्न थालेको छ ।

 


केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्वमा ३ महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गरिन लागेको हो ।


जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर २ मुरेली गाउँमा ५० किलोवाट र तिला गाउँपालिकाको पोखरी गाउँमा ५० किलोवाटका सौर्य विद्युत् जडान गरिनेछ ।


त्यसैगरी मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोटमा ६० किलोवाट, बारेकोट गाउँपालिका वडा नम्बर ५ को लिम्सामा १ सय ७० किलोवाट र कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर ९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी थालेको हो ।


गुठीचौरको वडा नम्बर २ मुरेली गाउँमा ५० किलोवाट सौर्य विद्युत् उत्पादनका लागि ३५ लाख, तिलाको पोखरी गाउँमा ५० किलोवाटको ३३ लाख, मुगु सोरुको वडा नम्बर ६ सोरुकोटमा ६० किलोवाटको ३५ लाख, कालीकोटको रास्कोट वडा नम्बर ९ फुकोटमा ७५ किलोवाटको ५० लाख र जाजरकोट बारेकोटको वडा नम्बर ५ को लिम्सामा १ सय ७० किलोवाटको ९५ लाख रुपैयाँ रकम विनियोजन भएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।


सौर्य विद्युत् प्रणाली जडानका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने जुम्लाका गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।


‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । ३ महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ,’ उनले भने, ‘यस सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’


विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीमा सौर्य ऊर्जाबाट विद्युत् पहुँच वृद्धि गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडान सम्झौता भएको गुठीचौरका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए ।