close

नौमुरे आयोजनाको वातावरणीय प्रभावबारे सार्वजनिक सुनुवाई सम्पन्न

नौमुरे आयोजनाको वातावरणीय प्रभावबारे सार्वजनिक सुनुवाई सम्पन्न

Trulli
ADVERTISEMENT

चन्द्रौटा– बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको लागि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।


नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग, सानोगौचरण, काठमाडौको आयोजनामा भएको सार्वजनिक सुनुवाईमा सिनियर डिभिजन इन्जिनियर गोपी प्रसाद शाह, हरिबहादुर खत्री, इन्जिनियर शंकर बहादुर साउद लगायतले योजनाको प्रभाव मूल्यांकनबारे जानकारी दिएका थिए ।


सार्वजनिक सुनुवाइमा नौमुरे बहुउद्देश्यीय आयोजना, बन्ने जलविद्युत आयोजनाहरु र कपिलवस्तुमा प्रस्तावित सिंचाइ आयोजनाले पार्ने सकारात्मक र नकारात्मक प्रभावहरुलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउन सुझाव आएको छ ।


कार्यक्रमका बीच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बहुउद्देश्यीय आयोजना समग्र कपिलवस्तुका लागि महत्वपूर्ण रहेकाले यसलाई जतिसक्दो चाडो निर्माण सुरु गर्नुपर्ने धारणा राखेका थिए ।


आयोजना सफल बनाउन नगरबासीहरुको भरपूर साथ र सहयोग रहने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाबारे प्रतिबेदन अध्ययन टोलीका प्रमुख र प्राबिधिकहरुले सम्बोधन गरेका थिए ।


शिवराज नगरपालिका १ नम्बर वडा कार्यालयको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष जगतबहादुर जिसीले आफ्नो वडाका साथै सिंगो नगरबासीका लागि योजना उपलब्धिमूलक रहेकोमा जोड दिएका थिए ।

 

कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी, वडा नं ८ का वडाध्यक्ष शंकर अहिर लगायत विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको सहभागिता थियो ।