close

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव संसदमा पेश

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव संसदमा पेश

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबुल गरेर आज प्रदेशसभा बैठक स्थगित गरिने भएको छ ।

 

चार घण्टा बढी चलेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।

 

नेकपा ओली खेमा भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव खेमा आज जसरी पनि अविश्वासको प्रस्ताव संसदमा पेस गर्नुपर्ने अडानमा थियो । प्रस्ताव टेवुल गरेर  संसद् स्थगित गर्ने सहमति भएको छ ।

 

ओली खेमाले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको बताइएको छ ।

 

यो सहमतिलगत्तै बस्ने बैठकमा मुख्यमन्त्री विरुद्धको अविस्वास प्रस्ताव पेश हुनेछ भने त्यसलगत्तै बैठक स्थगित हुनेछ ।