close

महावुले पायो डाक्टर, कसले ल्यायो चितुवाको खप्पर ? (भिडियो खबर)

महावुले पायो डाक्टर, कसले ल्यायो चितुवाको खप्पर ? (भिडियो खबर)

ADVERTISEMENT

१) सप्तरीको शम्भुनाथ नगरपालिका–२ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल एक थान भरुवा बन्दुक सहित पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।


२) दैलेखको महावु गाउँपालिकामा टेलिमेडिसिन सेवा सञ्चालन, गाउँँमै डाक्टर पाउँदा स्थानीय दंग ।


३) नवलपुरको देवचुली नगरपालिकाको सातौं नगरसभा सुरु, सभाले गर्ने भयो विभिन्न निर्णय ।

४) बैतडीको शिवनाथ गाउँपालिका–२ मा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, मृतक ४० वर्षीय टिप्पर चालक हिक्मत सिंह साउँद ।


५) देशका पहाडी र हिमाली जिल्लाका विभिन्न क्षेत्रमा हिपपात, हिमपातका कारण जनजीवन कष्टकर, किसान भने खुसी ।


६) कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु, वडा सदस्य चौधरी फरार ।

७) बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएपछि बैतडीसहित देशभर प्रदर्शन, घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग ।


८) बर्दियाको बढैयाताल गाउँपालिकाद्वारा भूमिहिन सुकुम्वासीको लगत संकलन गर्न सुरु, अभियान १३ फागुनसम्म चल्ने ।


९) दोलखाको जीरी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण हुने, भवनको गरिएको शिलान्यास ।


१०) स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित पक्राउ परेका दुई जना भारतीयलाई बारा प्रहरीले ग¥यो सार्वजनिक, पक्राउ परेकाहरुलाई थप कार्बाहीकालागि सम्पत्ति सुद्धिकरण बिभाग पठाइयो ।

 

११) काठमाडौंको सुन्धाराबाट चितुवाको खप्परसहित तीन जना पक्राउ, पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–६का सन्तोष आले मगर, काभ्रेको रोसी गाउँपालिका–१२ का सुजन थिङ र मिङमार मोक्तान ।

 

१२) बाँध मर्मतका लागि पोखराको फेवातालमा पानीको सतह घटाइयो, एक महिनामा मर्मतको काम सकिने ।

 

१३) कोरोना संक्रमणका कारण सुर्खेतमा एकजनाको मृत्यु, मृतक वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिला ।

 

१४)  मोरङमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ, पक्राउ पर्नेमा जहदा गाउँपालिका–७का २१ वर्षीय बब्लु साह ।

 

१५) डडेल्धुमा  भरुवा बन्दुकसहित २ जना पक्राउ, पक्राउ पर्नेमा आलिताल गाउँपालिका–८ का २८ वर्षीय विनोद मास्के र २६ वर्षीय भीमबहादुर बोहरा ।

 

१६) दाङको राप्ती गाउँपालिका सातौ गाउँसभा २६ माघमा हुने, विषयगत समिति छलफलमा व्यस्त ।

 

१७) ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाद्वारा पाटन गेट एरियामा वान वे, बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म यो नियम लागु हुने ।

 

१८) गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ मा संचालित नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक द्रोणाचार्य ज्ञवालीले डेढ करोड हिनामिना गरेको आरोप, संचालक र शेयर सदस्य दोषीलाई कारवाहीको माग गर्दै प्रशासन धाउन थाले ।

 

१९) कञ्चनपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन सुरु, कृष्णपुर नगरपालिकाको वडा वडामा लगत संकलनकर्ता परिचालन ।

 

२०) र, जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी हिरासतबाट फरार भएका अभियुक्त ८ घण्टापछि पक्राउ ।