close

जुम्लामा खुल्यो जेसिबीको कम्पनी

जुम्लामा खुल्यो जेसिबीको कम्पनी

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा विकास निर्माण तीव्र गतिमा गर्ने उद्देश्यले पहिलो पटक जेसिबीको २० औं कम्पनीको शाखा सञ्चालनमा आएको छ ।
सदरमुकाम खलंगामा कर्णाली प्रदेश सभासद् तथा लेखासमिति संयोजक दिनबन्धु श्रेष्ठले डिलरको उद्घाटन गरे । उनले जुम्लामै जेसिबीको कम्पनी सञ्चालनले कर्णालीको भौतिक पूर्वाधार विकासले गति लिने बताए ।

 

जुम्लामै मेसिन पाइने भएपछि निर्माण व्यवसायीलाई पनि राहत हुने र मेसिन अभावले विकासका काम नरोकिने उनको विश्वास छ ।
एमएडब्लु अर्थ मुर्भस प्रालिअन्तर्गत (जेसिबी) को आधारिक बिक्रेताका रूपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णाली प्रदेशको जुम्लामा पहिलो पटक जेसिबीका उपकरण बिक्री सुरु गरेको सप्लायर्सका प्रोप्राइटर तथा शाखा प्रबन्धक सुमन खड्काले बताए ।


उनले भने, ‘साविक माथिल्लो कर्णालीसहित दैलेख, सुर्खेतसम्म बिक्री गर्ने लक्ष्य छ । संघीयतापछि विकास निर्माणको गति हेर्दा कर्णालीमै जेसिबीलगायत अन्य मेसिन आवश्यक देखियो ।’ ४ करोड रुपैयाँभन्दा बढीको एकल लगानीमा जुम्लामै जेसिबी डिलर सञ्चालन गरिएको खड्काले उल्लेख गरे ।

 

जुम्लामा जेसिबी, ब्याकहोल लोडर, स्काभेटर, हुइल लोडर, रोलर, जेनेरेटरलगायत निर्माण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण मेसिन सुलभ मूल्यमा बिक्री गरिने खड्काको भनाइ छ ।

 

जेसिबी कम्पन्नीका सेल्स म्यानेजर कञ्चन सिलवालले निर्माण क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत विभिन्न मेसिन जेसिबीले नै उपलब्ध गराउँदै आएको बताए ।