close

कोटहीमाईमा दिगो विकासका लक्ष्य विषयक अनुशिक्षण

कोटहीमाईमा दिगो विकासका लक्ष्य विषयक अनुशिक्षण

Trulli
ADVERTISEMENT

रूपन्देही– महिला जनप्रतिनिधिलाई उद्यमशील बनाउने अभियानमा सक्रिय संस्था महिला उद्यमशील प्रवद्र्धन नेपालले दिगो विकासका लक्ष्य विषयक एकदिवसीय अनुशिक्षण कार्यक्रम रूपन्देहीको कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई लुमन्ती आवासका लागि सहयोग समूहको आर्थिक एवं प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा दिगो विकासका १७ लक्ष्य (२०१६ देखि २०३०) सम्बन्धी अनुशिक्षण बेनुमाया गुरुङले गराएकी थिइन् । 

 

उक्त अनुशिक्षण कार्यक्रममा महिला उद्यमशीलता प्रवद्र्धन नेपालकी उपाध्यक्ष एवं तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वागत गरेकी थिइन् । 

 

संस्थाकी अध्यक्ष एवं बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले संस्थाबारे सहभागीलाई परिचय गराएकी थिइन् ।कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवले महिलाको सशक्तीकरणका र नेतृत्व विकासका निम्ति महिला उद्यमशीलता प्रवद्र्धन नेपाल दरिलो संस्थाको रूपमा स्थापित हुनुपर्ने बताए ।

 

स्थानीय महिलालाई स्वरोजगारी र आयमुखी बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रम सञ्चालन संस्थाकी कोषाध्यक्ष एवं देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले गरेकी थिइन् । सहभागी सबैलाई कोटहीमाई गाउँपालिकाकी उपाध्यक्ष भानुमति बानियाले सम्मान गरेकी थिइन् । 

 

महिला जनप्रतिनिधिलाई उद्यमशील बनाउने अभियानमा सक्रिय संस्थाले रूपन्देहीका सबै नगरपालिकामा छलफल गरेका छन् । तालिममा बुटबल तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर, सियारी, मायादेवी, कोटहीमाई, ओमसतिया पालिकाका उपप्रमुख सहभागी थिए ।