close

लैंगिक हिंसा न्यूनीकरण गर्न सडक नाटक

लैंगिक हिंसा न्यूनीकरण गर्न सडक नाटक

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाको दुर्गा भवानी आधारभूत विद्यालयमा महिला लैंगिक हिंसा अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको छ ।


कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरीले यस्ता कार्यक्रमबाट महिला हित संरक्षणमा सहयोग पुग्ने बताइन् । बालबालिका तथा उनका परिवारमा हिंसाको असर र हिंस्रकलाई कानुनी उपचार कसरी गर्ने भन्नेबारे नाटकले प्रस्ट्याएको उनको भनाइ छ ।


दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिका उपाध्यक्ष चौधरीको कार्यक्रममका मु्ख्य अतिथि थिए ।


विद्यालय परिवार, शिक्षक विद्यार्थी, अभिभावकसमेतको सहभागितामा एकल महिला तथा पीडितलाई परिवार तथा समाजले गरेको दुव्र्यवहार र पीडकले पाउने सजायबारेको सडक नाटक मञ्चन गरिएको हो ।


कार्यक्रममा दुर्गा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश भण्डारी, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख जीवन जिसीलगायतले महिला हिंसा न्यूनीकरण गर्न अपनाउने तरिका तथा व्यवहारबारे जानकारी गराए ।


कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोगमा मिलाप कृषि सहकारी संस्था र नमुना शान्ति युवा क्लबको आयोजनामा लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सडक नाटक आयोजना गरिएको हो ।