close

स्वार्थ बाझिँदा मादीमा ताला, थपिँदै जताततै टावरका तला (भिडियो खबर)

स्वार्थ बाझिँदा मादीमा ताला, थपिँदै जताततै टावरका तला (भिडियो खबर)

ADVERTISEMENT

१) कैलालीकी अञ्जिता चौधरीको हत्या आशंकामा गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरी पक्राउ, चौधरीविरुद्घ पीडित परिवारद्वारा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता ।

 

२) पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि दैलेखबाट पक्राउ, पक्राउ पर्नेमा महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही ।

 

३) पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ मा रहेको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी, उद्योगमा रहेका मेसिन र फर्निचरलगायतका सामग्री जलेर नष्ट ।

 

४) चितवनको राप्ती नगरपालिकाद्वारा पशुपालक किसानका लागि एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट किसान लाभान्वित ।

 

५) कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने विवाद कायमै, कामकाज ठप्प, पालिकाको कार्यालय बन्द ।


 ६) काभ्रेको महाभारत र चौँरीदेउराली गाउँपालिकाले सोनाम ल्होछार अवसरमा सार्वजनिक बिदा दिने, २९ माघदेखि १ फागुनसम्म पालिका र मातहतका कार्यालय बन्द हुने ।

 

७) सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा डिप बोरिङ ट्यांकी निर्माण हुने, पालिकाका अध्यक्ष श्रवणकुमार जिसीले गरे शिलान्यास ।

 

८) बाराको महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला, प्रादेशिक प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान अघि बढायो ।

 

९) रौतहटको गौर नगरपालिकाको आर्थिक सहयोगमा बिपीचोकमा स्मृति टावर बन्ने, नगरप्रमुख अजय गुप्ताले गरे टावरको शिलान्यास ।

 

१०) रामेछाप नगरपालिकाको आयोजनामा आधुनिक उत्पादनमुखी विकास अवधारणा, मोडल र भूमिकासम्बन्धी दुई दिने तालिम सुरु, तालिममा ९ वटै वडाको मेलमिलाप संयोजकलगायतको सहभागिता ।


११) दाङको राप्ती गाउँपालिकाको सातौं गाउँसभा सुरु, सभाले गर्ने भयो विभिन्न निर्णय ।

 

१२) लघु उद्यम विकास कार्यक्रमअन्तर्गत बाराको करैयामाई गाउँपालिकाको आयोजनामा महिला लक्षित अभिमुखीकरण कार्यक्रम, गरिबी निवारणका लागि पालिकाले कार्यक्रम सञ्चालन गर्ने ।

 

१३) दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा बीएएलएलबी पढाइ हुने, पढाइका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सम्झौता गरी पालिकाले प्रक्रिया अघि बढायो ।

 

१४)  बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएपछि दोषीलाई कारबाहीको माग गर्दै बैतडीसहित देशभर प्रदर्शन, दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान ।

 

१५) रामेछाप नगरपालिकाद्वारा पालिकाका विद्यार्थीलाई लक्षित गरी लोकसेवा शिक्षा कक्षा सञ्चालन, कक्षा १५ दिनसम्म चल्ने ।

 

१६) बर्दियाको ठाकुरबाबा नगरपालिकाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सुरु, ९ वटै वडामा लगत संकलनका लागि टोली परिचालन ।

 

१७) मोरङको विराटनगर महानगरपालिका–५ बाट १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्रान्डका औषधी प्रहरीद्वारा बरामद, अनुसन्धानका लागि औषधी रेखदेख गर्ने २ जना प्रहरीको नियन्त्रणमा ।

 

१८) म्याग्दीको बेनी नगरपालिकाको आठौँ नगरसभा सम्पन्न, सभाबाट संशोधित बजेट र वातावरण विधेयक पारित ।

 

१९) कैलालीको धनगढी उप–महानगरपालिकाद्वारा रेबिज रोग रोकथामका लागि सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप शिविर आयोजना, शिविर अझै दुई दिनसम्म चल्ने ।

 

२०) र,  बाँकेको कोहपुर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र कम्बल वितरण ।