close

राप्ती गाउँपालिकाको साताैं गाउँसभा सम्पन्न

राप्ती गाउँपालिकाको साताैं गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

तीर्थराज ज्ञवाली- दाङ- दाङको राप्ती गाउँपालिकाको साताैं गाउँसभा सम्पन्न भएको छ । नियमित हिउँदे अधिवेशनअन्तर्गत सातौँ गाउँसभा बसेको हो । 

 

गाउँसभाले पालिकाको आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । 

 

‘स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार, समृद्ध राप्ती गाउँपालिकाको आधार’ नारासहित गाउँपालिकाले यस आर्थिक वर्षमा गरेका कार्यप्रगतिमाथि छलफल गरिएको थियो । 

 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत विकास तथा सुशासनतर्फका कार्यप्रगतिमाथि छलफल गर्दै सुझावसहित पास गरेको छ ।

 

कार्यक्रममा राप्ती गाउँपालिकाको पहिलो राप्ती बुलेटिनसमेत विमोचन गरिएको छ । 


राप्ती गाउँपालिकामा चालू आर्थिक वर्षमा आन्तरिक आम्दानीतर्फ ८ करोड ५८ लाख ५ हजार १८ रुपैयाँ विनियोजन गरिएको थियो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४६ लाख ७३ हजार ५ सय ५४ रुपैयाँ आम्दानी भएको सभामा जानकारी दिइएको थियो ।