close

ओली खेमाका रुपन्देही, कपिलबस्तु र गुल्मीका अध्यक्ष कारवाहीमा, नयाँ को आए ?

ओली खेमाका रुपन्देही, कपिलबस्तु र गुल्मीका अध्यक्ष कारवाहीमा, नयाँ को आए ?

Trulli
ADVERTISEMENT

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को खेमालाई कारवाही गर्ने, निस्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ ।


नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुबेदी ओली खेमामा लागेपछि प्रचण्ड-नेपाल खेमाले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर राजुु गुरुङलाई अध्यक्ष बनाएको छ ।

 

प्रचण्ड-नेपाल खेमाका कार्यकर्ताहरुको भेलाले सुवेदीलाई हटाएर युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्ष बनाएको हो ।

 

गुरुङले अघिल्लो महिना मात्र बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली खेमाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

 

गुल्मीमा पनि नेकपा विभाजित भएको छ । हालसम्म अध्यक्षमा रहेका मधुकृष्ण पन्त ओली खेमामा गएपछि प्रचण्ड-नेपाल खेमाले अध्यक्षमा सोमनाथ सापकोटालाई मनोनयन गरेको छ । लामो समयमा सचिवको रुपमा काम गरेका सापकोटा मुसिकोट नगरपालिकाका प्रमुखसमेत हुन् ।

 

हाल गुल्मीमा नेकपाको १ सय ४५ सदस्यीय कार्यसमिति छ । कार्यसमितिमा ९१ सदस्यहरु आफूसँग रहेको अध्यक्ष सापकोटाले बताए । कपिलबस्तुमा पनि प्रचण्ड-नेपाल खेमाको अध्यक्षमा बिस्नु पन्थी मनोनित भएका छन । उनी लुम्बिनी प्रदेश सभासद पनि हुन् ।