close

चाँगुनारायणको आठौँ नगरसभा : ५ विधेयक पारित

चाँगुनारायणको आठौँ नगरसभा : ५ विधेयक पारित

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभाले पाँच वटा विद्येयक पारित गरेको छ । आइतबार नगरपालिकाको वडा नंं ७ स्थित बागीश्वरीको तःपा दम्फोमा बसेको सभाले पाँच वटा विधेयक सर्वसम्मतले पारित गरेको हो । 

 

यी हुन पारित विधेयक :

 

१) खनिज पदार्थको संरक्षण, उपयोग तथा व्यवस्थापन सम्बन्धी विद्येयक, २०७७


२) खानेपानी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७


३) विभूषण सम्बन्धि विधेयक, २०७७


४) खानेपानी महसुल निर्धारण आयोग सम्बन्धमा बनेको विधेयक, २०७७


५) भूउपयोग तथा भूमि व्यवस्थापन सम्बन्धि बनेको विधेयक, २०७७


नगरसभाले थप  नेपाल इन्जिनियरिङ कलेज सञ्चालन कार्यविधि विधेयक, २०७७ र  वातावरण तथा प्राकृतिक स्रोत तथा संरक्षण विधेयक, २०७७ पारितको लागि सिफारिस गरेको छ ।

 

उक्त विधेयक पारितका लागि आगामी ६ फागुनमा बस्ने  सभाले पारित गर्ने नगरप्रमुख तथा सभाध्यक्ष सोम प्रसाद मिश्रले जानकारी दिए ।

 

नेतृत्वप्रति जनप्रतिनिधिकै गुनासा

 

नगरसभामा वडा सदस्यले जनतालाई समस्या पर्दा या अप्ठ्यारो पर्दा मात्र आफू जनप्रतिनिधि भएको महसुस हुने बताएका छन् ।

 

समझदारी या सहज रुपमा हुने कार्यमा नगरप्रमुख या वडाका अध्यक्षले काम गर्ने समस्या पर्दा मात्रै वडा सदस्यलाई सम्झने गरेको उनीहरुको गुनासो छ । 

 

वडा नंं. ६ का वडा सदस्य धनबहादुर लामाले स्थानीय सरकारले वडा सदस्यले विकासको बजेट माग गर्दा बजेट नदिने तर भूमि सम्बन्धि, सडक निर्माणमा समस्या पर्दा अघि सानेृ गरेको गुनासो गरे । 

 

वडा नंं. ९ का वडासदस्य विद्यापति थापाले नगरले वडा सदस्यलाई खवर नगरी विकास आयोजना सञ्चालन गरेको आरोप लगाए ।