close

नमोबुद्धका ८ र ९ नम्बर वडा कार्यालय भवन शिलान्यास

नमोबुद्धका ८ र ९ नम्बर वडा कार्यालय भवन शिलान्यास

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका थप २ वटा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । वडा नम्बर ८ र ९ नम्बर वडा कार्यालय भवनको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शिलान्यास गरे ।

 

कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले तोकिएको समयमै काम सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

 

वडा नम्बर ८ को कार्यालय भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ८ का वडाध्यक्ष शेरबहादुर तामाङ, वडा सदस्य मनोजप्रसाद अधिकारीलगायत सहभागी थिए ।

 

यस्तै, वडा नम्बर ९ को भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष मेलबहादुर लामा, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीलगायत सहभागी थिए ।

 

वडा नम्बर ८ र ९ नम्बर वडा कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौतीले पाएको छ । कम्पनीले वडा नम्बर ८ का लागि ४३ लाख ६१ हजार १ सय ४९ रुपैयाँ र वडा नम्बर ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

 

नमोबुद्ध नगरपालिकाले सबै वडामा एउटै डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार यो वर्ष ५ वटा वडा कार्यालय भवन निर्माण गर्दै छ । केही दिनअघि वडा नम्बर १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माण अगाडि बढिसकेको छ । 

 

अब यो वर्ष निर्माण हुने वडा नम्बर २ र वडा नम्बर ७ को भवन निर्माण बाँकी छ । यी दुवै वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र सुरु गर्ने तयारी भइरहेको छ ।


यसअघि निर्माण थालिएका वडा नम्बर ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण करिब सकिएको छ ।