close

देकोमिवा इतापाके जग्गा एकीकरण विवाद: पीडितले दिए नगरपालिकामा धर्ना

देकोमिवा इतापाके जग्गा एकीकरण विवाद: पीडितले दिए नगरपालिकामा धर्ना

Trulli
ADVERTISEMENT

भक्तपुर- देकोमिवा इतापाके जग्गा एकीकरणपीडितले आयोजनाको कार्यालय नःपुखु र भक्तपुर नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

 

नगरपालिकाले सञ्चालन गरेको देकोमिवा-इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसान आन्दोलनमा उत्रिएका हुन् ।
 


आयोजनालाई काठमाडौं उपत्यका विकास प्राधिकरणको गत २५ फागुन २०७२ मा बसेको १३ औँ बैठकबाट काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली, २०६८ को नियम १५(१) अनुसार सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई स्वीकृति दिइएको थियो । 

 

सोही स्वीकृतिको आधारमा नगरपालिकाले व्यवस्थित बस्ती विस्तार गर्ने उद्देश्यले आयोजना सञ्चालन गर्दै आएको छ । 

 

पीडितले आयोजनाभित्र परेका जग्गाधनीको योगदानकर्ताको नाममा भूमिहीन बनाउन खोजेको आरोप लगाउँदै कार्यालय र नगरपालिकामा धर्ना दिँदै आएका छन् ।


आयोजनाले योगदानकर्ताको नाममा ६० देखि ८० प्रतिशतसम्म जग्गा कटौती गरेपछि विरोधमा उत्रिनु परेको पीडितहरू बताउँछन् ।

 

जग्गा एकीकरण गर्दा समान मापदण्ड लागू गर्नुपर्ने, जथाभावी जग्गा वितरण तत्काल खारेज गर्नुपर्ने, सल्लाघारी-नगरकोट सडक खण्डमा हाल कायम भएको मापदण्डलाई लागू गरिनुपर्ने, जग्गा वितरणमा आयोजनाले वैज्ञानिक एवं आधुनिकीकरण बनाउनुपर्नेलगायत विभिन्न १७ बुँदे मागसहित पीडित १ महिनादेखि आन्दोलनरत छन् ।


कार्यदलले आयोजनामा परेका ६ सयभन्दा बढी उजुरीको अध्ययन गरी सम्बन्धित जग्गाधनीसँग छलफल अगाडि बढाएको जनाएको छ । जग्गा एकीकरण आयोजनामा १६ सय ५४ दशमलव ६ रोपनी समेटिएको छ । 

 

समेटिएको जग्गामध्ये उत्तरमा खासंखुस्सु खोला, दक्षिणमा नगरकोट सडक खण्ड, पूर्वमा सल्लाघारी चोकबाट पुरानो थिमि जाने निकोसेरा पुल र पश्चिममा देकोचोकदेखि बंको जाने पुलसम्मको बाटो रहेको छ ।