close

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा, शिक्षा तथा अर्थ विधेयक पारित

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा, शिक्षा तथा अर्थ विधेयक पारित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिका आठौँ नगरसभा नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभा बैठकले शिक्षा तथा अर्थसम्बन्धी विधेयक पारित गरेको छ । 


बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विनियम संशोधन प्रस्ताव र आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत योजनाका लागि बजेट संशोधन प्रस्ताव पारित गरेको छ ।

 

बैठकमा नगरपालिकाद्वारा गठित न्यायिक समिति, अपांगता परिचयपत्र वितरण अस्थायी समन्वय समिति, नवदुर्गा मुकुन्डो निर्माण अक्षय कोष सञ्चालन कार्यसमिति, शिक्षा, संस्कृति तथा स्वास्थ्य समिति, वातावरण तथा पर्यटन समिति, महिला बालबालिका तथा समाज कल्याण समितिलगायतका प्रतिवेदन पेस भएका थिए ।