close

क्षीरेश्वरनाथको हिउँदे अधिवेशन

क्षीरेश्वरनाथको हिउँदे अधिवेशन

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सातौँ नगरसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ ।


क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको नगरसभामा आर्थिक वर्ष २०७७/७८ को संशोधित नीति तथा बजेट प्रस्तुत गरियो ।

 

नगरसभा उद्घाटन गर्दै नगरप्रमुख पञ्जियारले नगरपालिकामा रोजगार समृद्धिको आधार नारासहित क्षीरेश्वरनाथ अगाडि बढिरहेको जानकारी दिए ।

 

पञ्जियारले नगरपालिकाबासीसमक्ष आफूले गरेको प्रतिबद्धता र जनमतको कदर गर्दै सीमित स्रोत-साधनको माध्यमबाट सबै क्षेत्र समेट्ने प्रयास गरेको दाबी गरे । 

 

नगरसभामा आव २०७६/०७७ मा केन्द्र तथा आन्तरिक स्रोतबाट प्रस्तावित आम्दानी ५९ करोड ५२ लाख ६५ हजार रुपैयाँ प्रस्ताव गरिएको, नगर क्षेत्रको विकासका लागि ५४ करोड ३२ लाख खर्च भई कुल बजेटको ९१ प्रतिशत खर्च भएको जानकारी दिइयो ।

 

खर्चको महालेखा परीक्षकबाट हालै लेखापरीक्षण सम्पन्न भएको नगरप्रमुख पञ्जियारले बताए ।

 

नगरसभामा नगर उपप्रमुख रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यलगायतको सहभागिता थियो ।