close

इस्मा गाउँपालिका पूर्ण प्रविधिमैत्री घोषणा

इस्मा गाउँपालिका पूर्ण प्रविधिमैत्री घोषणा

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकालाई पूर्ण प्रविधियुक्त घोषणा गरिएको छ । गाउँपालिका प्रमुख लक्ष्मण विष्टले पुर्ण अनलाइन घटना दर्तायुक्त गाउँपालिका घोषणा गरेका हुन् । 


अब इस्मा गाउँपालिकाका ६ वटै वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी सम्पूर्ण कार्य एमआईएस प्रणालीमार्फत दिन थालिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिए ।


इस्माको वडा नम्बर ६ ले ०७४ मा अम्मरपुरबाट अनलाइन घटना दर्ता सुरु गरेको थियो । ०७५ मा वडा–४ र ५ ले अनलाइन घटना दर्ता गर्न थालेको थापाले बताए । अहिलेबाट सबै वडामा यो प्रविधि सुरु भएको छ । 


व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी सबै कामबारे वडा सचिव, वडा सहायक र कम्प्युटर अपरेटरलाई ४ दिने तालिमसमेत दिइएको गाउँपालिकाका एमआईएस कम्प्युटर अपरेटर बलराम खनाल बताउँछन् ।  ‘यो प्रणालीमार्फत सेवा छिटो, सूचना फारम घरबाटै भर्न सकिने, पारदर्शी र दर्ता किताबको झन्झट हुँदैन’, खनालले भने ।


प्रत्येक गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक एमआइएस अपरेटर र फिल्ड सहायकको व्यावस्था गरेको छ । यो काममा उनीहरूले सहयोग गर्छन् । 
जिल्लामा रेसुंगा र रुरुपछि पूर्ण अनलाइन घटना दर्तायुक्त गाउँपालिका घोषणा गरेको इस्मा गाउँपालिकाको दाबी छ ।