close

पाँच वर्षदेखि केपी ओलीलाई गिज्याउँदै छन् हुम्लाका बग्रेल्ती तुइन

ज्यान हत्केलामा राखेर दैनिकी चलाउँछन् हुम्ली

पाँच वर्षदेखि केपी ओलीलाई गिज्याउँदै छन् हुम्लाका बग्रेल्ती तुइन

ज्यान हत्केलामा राखेर दैनिकी चलाउँछन् हुम्ली

Trulli
ADVERTISEMENT

हुम्ला– २५ असोज, २०७२ मा पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै केपी शर्मा ओलीले दुई वर्षभित्रमा देशभरका तुइन विस्थापन गर्ने घोषणा गरे । उनको यो घोषणा अनुसार २०७४ मै देशभरका तुइन विस्थापित भइसक्नु पर्ने हो ।

 

तर सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा अझैपनि यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ ।

 

वर्षाै देखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो ।

 

पुल नहुँदा बर्सेनी तुइन तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताइन् । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गरिन् ।

 

गाउँका २ सय घरधुरी दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराको भनाइ छ ।

 

खार्पुनाथ गाउँपालिका–४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ–४ छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताए ।

 

उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए ।

 

केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते भएको उनले बताए । खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन् ।

 

त्यसैगरी खार्पुनाथ गाउपालिका–२ बोक्चेगौंडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयवासी आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए । पुलको योजना परे पनि निर्माण नहुँदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

 

स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताए । सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन् ।