close

आगलागीपीडितलाई सिरिजंघाको राहत 

आगलागीपीडितलाई सिरिजंघाको राहत 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- आगलागीबाट घर जलेर विस्थापित भएका ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर १ सिनामस्थित गिरी गाउँको हरन्दी टोलका पीडित ४ घर परिवारलाई गाउँपालिकाले राहत रकम वितरण गरेको छ । 


आगलागीबाट विस्थापित भएका स्थानीय शान्तिराम गिरी, टेकनाथ गिरी, दीपेन्द्र गिरी र दीपक गिरीलाई जनही ५० हजारका दरले २ लाख रुपैयाँ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

स्थानीय तह विपद् व्यवस्थापन कोष परिचालन गरी गाउँपालिकाले यो रकम वितरण गरेको घिमिरेले बताए । गत २० माघ अपराह्न भएको आगलागीमा ४ घर जल्दा ५६ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको गाउँपालिकाको वडा नम्बर १ सिनामका वडाध्यक्ष उर्मिला थेबेले जानकारी दिइन् ।

 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार आगलागीले शान्तिरामको १४ लाख ८५ हजार, दीपकको ६ लाख २७ हजार, दीपेन्द्रको १७ लाख र टेकनाथको १६ लाख ६६ हजार रुपैयाँ मूल्य बराबर क्षति भएको छ ।