close

पालिकासँग सहकार्य खाेज्दै रूपन्देहीका उद्योगी, व्यवसायी

पालिकासँग सहकार्य खाेज्दै रूपन्देहीका उद्योगी, व्यवसायी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देही उद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका’ विषयक छलफल गरिएको हो ।

 

कार्यक्रममा संघका अध्यक्ष बाबुराम बोहराले स्थानीय स्रोत-साधनको परिचालन गरी उद्यमशीलता विकास, रोजगारी अभिवृद्धि र व्यावसायिक विकासलाई तीव्रता दिने उद्देश्यले संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल आयोजना गरेको बताए ।


अध्यक्ष बोहराले कृषिको व्यावसायिकीकरण पर्यटन प्रवर्द्धन र उत्पादन वृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा जोड दिए । त्यसका सहकार्य गर्न रूपन्देही उद्योग संघ तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

 

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले सियारी को कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी बढाउन भइरहेका गतिविधिबारे जानकारी गराए । उनले उद्यमीलाई सियारी गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । थारुले सियारी गाउँपालिकामा कृषि, पर्यटन र दूधजन्य पदार्थको उल्लेख्य सम्भावना रहेकोसमेत बताए । 

 

संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारीले संघले थालेको अभियानले उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सियारीका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले गाउँपालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाबारे जानकारी गराए । 

 

सियारीका उपप्रमुख अमृत गुरुङ, वडा नम्बर ६ का वडाध्यक्ष शेरबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरे ।

 

सोही अवसरमा सियारी गाउँपालिकामा उद्योग सञ्चालन गरेका उद्योगी झपेन्द्रराज अर्याल, पिताम्बर न्यौपाने, जोगराज अधिकारीलगायतले उद्योग सञ्चालनका क्रममा भोग्नु परेका अप्ठेरा र समस्याबारे जिज्ञासा राखे ।


संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर सम्भावनाको खोजी गर्ने, कोषको व्यावसायिकीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, रोजगारी अभिवृद्धि गर्ने र औद्योगिक विकासका लागि छलफल एवं बहस जारी राख्ने बताएको छ । 

 

संघका महासचिव जीवकान्त काफ्लेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेल, संघका पदाधिकारी, गाउँपालिका अधिकृत, स्थानीय उद्योगी व्यापारी सहभागी थिए ।