close

२५ वटा खसी पाल्नेलाई ५० हजार नगद पुरस्कार

२५ वटा खसी पाल्नेलाई ५० हजार नगद पुरस्कार

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटा बढी खसी बिक्री गर्ने किसानलाई नगद पुरस्कार दिने कार्यक्रम ल्याएको छ ।

 

सोमबार सम्पन्न गाउँपालिकाको आठौा गाउँसभाले आफ्नै मिहिनेतमा वार्षिक २५ वटा बढी खसी पालेर बिक्री गर्ने किसानलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय पारित गरेको हो ।

 

गाउँपालिकाको अधिकांश भूभागमा खसीबाख्रापालनका लागि उपयुक्त हावापानी भएकाले गाउँसभाबाट किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याइएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले बताए ।

 

जन्तेढुंगाका ६ वटै वडामा खसीबाख्रापालन हुँदै आएको छ । खसीपालनबाट किसानको आर्थिक समृद्धिमा टेवा पु¥याउन सकिने सम्भावना भएकाले गाउँसभाले चालू आर्थिक वर्षबाटै खसीपालकको प्रोत्साहनका लागि कार्यक्रम लागू गरिएको बताएको छ ।

 

गाउँपालिका अध्यक्ष शंकर राईको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक वर्ष २०७७/०७८ मा ३० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइयो ।