close

सार्वजनिक सुनुवाइ चलाउँदै सिरिजंघा 

सार्वजनिक सुनुवाइ चलाउँदै सिरिजंघा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा नम्बर ५ पेदाङ र वडा नम्बर ६ मामाङ्खेबासीलाई लक्षित गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।

 

जनताका गुनासा, सुझाव सम्बोधन गर्न गाउँपालिकाले सार्वजनिक सुनुवाइ सुरु गरेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार २७ माघमा पेदाङ र मामाङ्खेबासीलाई पायक पर्ने केन्द्र पेदाङस्थित याङ्पाङ आधारभूत विद्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले कम्तीमा वार्षिक २ पटक सार्वजनिक सुनुवाइ सञ्चालन गरी वितरित वस्तु तथा सेवाको प्रभावकारिता मापन गर्ने र त्यसको प्रभावकारितामा सेवाग्रहीका राय, सुझाव, गुनासा र परामर्श दिने कार्य गर्नुपर्ने व्यवस्था छ ।

 

सोही व्यवस्थालाई आधार मानेर गाउँपालिकाले आर्थिक वर्षकोे मध्यावधि समीक्षाका क्रममा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको हो ।