close

६ महिनादेखि बन्द जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला 

६ महिनादेखि बन्द जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला 

Trulli
ADVERTISEMENT

धनुषा– लकडाउन र निषेधाज्ञाका कारण महिनौदेखि बन्द धनुषाको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ ।

केन्द्र र प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय नगरेपनि श्रद्धालुहरुको दबावपछि आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए ।

लकडाउन शुरु भएसँगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ । मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।

अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । भौतिक दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ ।