close

१२ घण्टाका २० खबरः तानसेनमा लत्ता, सानीभेरीमा भत्ता (भिडियो खबर)

१२ घण्टाका २० खबरः तानसेनमा लत्ता, सानीभेरीमा भत्ता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रुकुम पूर्वको सानीभेरी गाउँपालिकाले अभिभावक नभएका बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने, १६ जनाले बालबालिकाले पाए भत्ता ।


२) पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई गर्‍यो सम्मान, पालिकाले स्वास्थ्योपचारसँगै सम्मान गर्दा ज्येष्ठ नागरिक दंग ।


३) भक्तपुरको चाँगुनारायण नगरपालिकाले उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, १४ प्रकारका तालिम दिन सेवाप्रदायकसँग धमाधम सम्झौता ।


४) आगलागीबाट घर जलेर विस्थापित भएका ताप्लेजुङको सिरिजंघा गाउँपालिका-१ हरन्दी टोलका ४ घरपरिवारलाई पालिकाद्वारा राहत रकम वितरण, प्रत्येक परिवारले पाए ५०-५० हजार ।


५) खोटाङको खोटेहाङ गाउँपालिका-५ चिप्रिङस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवन निर्माण सम्पन्न, पालिकाका अध्यक्ष प्रदीप राईले गरे भवनको उद्घाटन ।


६) भक्तपुर नगरपालिकाद्वारा घरपालुवा कुकुरको गणना सुरु, तथ्यांक संकलनपछि कुकुरलाई पालिकाले रेबिजको सुई र ट्याग लगाइदिने ।


७) कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका दलित, एकल महिला र सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने, बिमा गर्न २० लाख रुपैयाँ विनियोजन ।


८) डडेल्धुराको परशुराम नगरपालिकाको आठौँ नगरसभा सुरु, सभाले गर्ने भो विभिन्न निर्णय ।


९) उदयपुरको कटारी नगरपालिका-३ मा पर्ने च्यांगा सडक खण्ड धमाधम पिच हुँदै, नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ र प्रविधिक टोली पुग्यो सडक अनुगमनमा ।


१०) दाङको राप्ती गाउँपालिकाद्वारा नयाँ पुस्तालाई परम्परागत नौमती बाजा प्रदान, पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नयाँ बस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई गरे बाजा हस्तान्तरण ।

  
११) काभ्रेको नमोबुद्ध नगरपालिकाका थप २ वटा वडा कार्यालय भवन निर्माण सुरु, वडा नम्बर ८ र ९ को वडा कार्यालय भवनको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले गरे शिलान्यास ।


१२) नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ को चिसापानी अस्पतालमा विशेषज्ञ सेवा सुरु, अस्पतालमा साताको ६ दिन विशेषज्ञ सेवा दिइने ।

 
१३) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको नगरसभा २९ माघमा हुने, नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुने ।


१४) कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजनामा २२ माघदेखि सुरु भएको खेलकुद महोत्सव जारी, महोत्सवमा ३९ खेलको प्रतियोगिता ।


१५) इलामको चुलाचुली गाउँपालिकामा धान भण्डारणगृह निर्माण सुरु, भण्डारणगृहबाट किसानलाई धान बेचिने ।


१६) हुम्लाका सात गाउँपालिकामध्ये चंखेली र ताजाकोट गाउँपालिकाद्वारा हिउँदे गाउँसभा सम्पन्न, अन्य पालिका अझै अलमलमा ।


१७) तुलसीपुर उपमहानगरपालिकाद्वारा स्मार्ट छोरी कार्यक्रम सञ्चालन, कार्यक्रम कार्यान्वयनका लागि सिभिल र मेगा बैंकबीच सम्झौता ।


१८) खोटाङको जन्तेढुंगा गाउँपालिकाको बाम्राङमा चौथो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार, अब पालिकाबासीले गाउँमै स्वास्थ्य सेवा पाउने ।


१९) रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको गाउँसभामा पालिकालाई टुक्राएर तीन वटा बनाउनुपर्ने तेस्रो प्रस्ताव दर्ता, विवाद बढेपछि आयोग बनाउन छलफल सुरु ।


२०)  तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा सिन्धुलीका पाँच स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिने ।