close

बूढा बाआमाको स्याहारसुसार गर्ने छोराबुहारी सम्मानित

बूढा बाआमाको स्याहारसुसार गर्ने छोराबुहारी सम्मानित

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकामा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गरिएको छ । 


राप्ती गाउँपालिकाका ९ वटै वडाका ६७ जनालाई परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहार र संरक्षणसहित पालनपोषण गर्दै आएकामा सम्मान गरिएको हो ।


गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा लालनपालनमा खटिने छोराबुहारीलाई प्रमाणपत्रसहित सम्मान गरियो छ । 


वडागत रूपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसअनुसार छनोटमा परेका छोराबुहारीलाई सम्मान गरिएको हो । 


ज्येष्ठ नागरिक आमाबुबा, सासू, ससुरा वा अन्यको सम्मानमा घरका सदस्यको भूमिका कम नहोस् भनेरै छोराबुहारीलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

 

गाउँपालिकाले विगत वर्षदेखि सुरु गरेको ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

 

सम्मानित हुनेहरूमा वडा नम्बर १ बाट केशरबहादुर कुमाल, लाली कुमाल, शान्ति जिसी, हीरामणि शर्मा, अन्जु शर्मा, निराजन शर्मा, गीता ज्ञवाली रहेका छन् ।

 

यस्तै, वडा नम्बर २ बाट लालबहादुर रोका, माया बुढा, गोविन्द चौधरी, जागेश्वरी चौधरी, खिमु भट्टराई, अनिता जिसी रहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले बताइन् । 

 
वडा नम्बर ३ बाट मेघराज पौडेल, सुमित्रा पौडेल, रोमलाल शर्मा, नुमादेवी शर्मा, राजगिरी चौधरी, बगेश्वरी चौधरी, थम्मन बैमा मगर, छवि बैमा मगर, वडा नम्बर ४ बाट रोइनु चौधरी, समिता चौधरी, तिर्सना चौधरी, खगेन्द्र मल्ल, रेनु शाही, कमला स्याङवा रहेका छन् ।

 

गाउँपालिकाका अनुसार वडा नम्बर ५ बाट गणेशकुमार चौधरी, सरस्वती चौधरी, तिलक पोख्रेल, टुकीकुमारी पोख्रेल, दिनेश चौधरी, चन्द्रा चौधरी, जीवराज भट्टराई, सरस्वती भट्टराई, वडा नम्बर ६ बाट प्रदीप चौधरी, कमला भण्डारी चौधरी, रामप्रसाद चौधरी, रामपति चौधरी, कालीराम चौधरी, लखनी चौधरी, छविलाल चौधरी, जानकी चौधरीले छोराबुहारीको सम्मान पाएका छन् ।

 

यस्तै, वडा नम्बर ७ बाट कमलबहादुर चौधरी, हीरामति चौधरी, भोजराज चौधरी, हीरामती चौधरी, कृष्ण परियार, खिमेश परियार, उदय चौधरी, रामकृष्णी चौधरी, वडा नम्बर ८ बाट भगतलाल चौधरी, फूलमाया चौधरी, भगतनारायण चौधरी, शिलापति चौधरी, टोपबहादुर गुरुङ, चनु गुरुङ, तेजबहादुर थापा मगर र शारदा थापा मगरले सम्मान पाए । 

 

वडा नम्बर ९ बाट रुद्र फुङजा, पुष्पा फुङजा, धनवीर सुनारी, चुमा सुनारी, विष्णु बराल, तुलसी बराल, मोहन घर्ती र चुमी घर्ती रहेको गाउँपालिकाको ज्येष्ठ नागरिक शाखा प्रमुख जिसीले जानकारी दिइन् ।