close

सुकुम्बासीलाई लाजपुर्जा दिन चटारो, लिम्चुङबुङमा टावर बनाउन हतारो (भिडियो खबर)

सुकुम्बासीलाई लाजपुर्जा दिन चटारो, लिम्चुङबुङमा टावर बनाउन हतारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) दाङको राप्ती गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित, टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छोराबुहारी छनोट ।


२) रूपन्देहीको सैनामैना नगरपालिकाद्वारा वडा नम्बर ८ का किसानलाई ड्रागन बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर ट्यांकी वितरण, बिरुवा र ट्यांकी पाउँदा किसान दंग ।


३) उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ‘एभरेष्ट भ्यूटावर’ निर्माण गर्ने, भ्यूटावरका लागि जग्गा अधिग्रहण गर्न सुरु ।


४) हुम्लाको सीमकोटमा विद्युत् कटौती हुन थालेपछि सीमकोट गाउँपालिका-६ का स्थानीय आन्दोलित, दैनिक १२ घन्टाभन्दा बढी विद्युत कटौती ।


५) स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगबारे जनचेतना फैलाउँदै रूपन्देहीको मायादेवी गाउँपालिका, सम्भावित बिरामीको खकार संकलन गरी स्वास्थ्य चौकीमा बुझाउनुपर्ने ।


६) सुनसरीको रामधुनी नगरपालिका–८ र ९ को सिमानामा रहेको पुतोधारा खोलामा ट्रस्ट पुल निर्माण, नगरप्रमुख जयप्रकाश चौधरीले गरे पुलको उद्घाटन ।


७) तनहुँको भानु नगरपालिकाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २७ वटा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण, बोर्ड नगरभित्रका सडकमा राखिन ।


८) मोरङको पथरी शनिश्चरे नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन धमाधम, देशभरका स्थानीय तहमा लगत संकलन गरिँदै ।


९) काभ्रेको धुलिखेल नगरपालिकाको आठौँ नगरसभा सुरु, सभाले विभिन्न महत्त्वपूर्ण विषयमा निर्णय गर्ने ।


१०) काठमाडाैं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने, वीर अस्पताल र दरबार हाइस्कुल प्रशासनसँग खुलामञ्चमा राखिएका सामग्री हटाउने विषयमा छलफल ।


११) पोखरा महानगरपालिकाको आठौँ नगरसभामा पेस गरिएका नयाँ विधेयक पारित, सभाले ग¥यो अन्य विभिन्न निर्णय ।


१२) नेपाल नगरपालिका संघ कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा न्यायिक समितिको कार्य सम्पादन तथा मेलमिलापसम्बन्धी तालिम सुरु, तालिम दुई दिनसम्म चल्ने ।


१३) भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने विषयमा तथ्यांक संकलकका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दियो तालिम, अब लगत संकलनको काम हुने ।


१४) नवलपुरको गैँडाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच ४ फागुनमा दिगो विकाससम्बन्धी वक्तृत्व कला  प्रतियोगिता गर्ने, कालिका नमुना माविमा कार्यक्रम हुने ।


१५) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीका १० स्थानीय तहमा ४ हजार २८१ जनाले पाए रोजगारी, कोरोनाका कारण रोजगार गुमाएकालाई मुख्य प्राथमिकता ।


१६) उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले गाडी सुविधाको रकमबाट जनताका लागि खरिद गरिन् एम्बुलेन्स, नगरबासीले पाउने भए एम्बुलेस सुविधा ।

 
१७) प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति ईएमआईएएसमा स्थानीय तहले प्रविष्ट गर्नुपर्ने, संघीय मन्त्रालयले देशभरका स्थानीय तहलाई गर्‍यो परिपत्र ।


१८) रूपन्देहीको बुटवल उपमहानगरपालिकामा गरिब परिवार पहिचान गर्न तथ्यांक संकलन सुरु, १९ वटै वडामा प्राविधिकसहितको टोली परिचालन ।


१९) तनहुँको व्यास नगरपालिकाको ३४औँ नगरसभामा एउटा वडा थप्ने प्रस्ताव, तीन वटा वडाको सीमांकन हेरफेर गर्ने निर्णय ।

 

२०) तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने ।